BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ५ गते
    Headlines :

    गृहपृष्ठ कविता, साहित्य

    मैले रोपेको देश

    मैले म बस्ने ठाउँमा मेरो देश रोपेको छ खडेरीले सुकाउला कि भनेर बाढिले बगाउला कि भनेर छिमेकीको साँधले मिच्ला कि भनेर आफन्तसँगकै कलहले थिच्ला कि भनेर आफूले देश छोडेको बेला मैले देश पनि आफैँसँग लिएर...बाँकी

    बुद्ध, बुध्दु र सगरमाथा

    कुनबेला भयो भूगोलको बाँडफाँड ? बुद्ध र सगरमाथा हाम्रा भागमा परेछन् कुनै पौरखै नगरी प्रकृतिकै दयामायामा मात्र भाग लागेका प्रकृतिका बहुमूल्य गहना हाम्रै मानचित्रभित्र परेछन् माल पाएर पनि चालै नपाउने हामी नाभिमा कस्तुरी बोकेर भौतारिने...बाँकी

    मेरो देश र बर्खा

    मेरो देशमा जब बर्खा लाग्छ र वादल बर्सिन्छ झुपडीहरुमाथि कि भकारी भरेर जान्छ कि भकारी रित्त्याएर जान्छ कि हसाएर जान्छ कि रुवाएर जान्छ कि प्राण दिएर जान्छ कि प्राण लिएर जान्छ हलो बोकेर किसान दगुर्छ...बाँकी

    विषे नगर्ची र घाँसी

    नेपाली नाम हाम्रो यस भुवनभरि गर्वले नाम लिन्छौं राजर्षी नेमुनीको करुण रसमयी भावनामा बहन्छौं युगौं बिते प्रशस्तै अरूहरु सबले खोस्न प्रयाश गर्थे हाम्रो अतीत प्यारो कल, छल, बलले वर्तमानै उधिन्थे । थिए विद्वान राजा शुरविर...बाँकी

    देउसिरे

    आमा हो ! अँध्यारोमा आयौँ उज्यालो छ हातमा पुरै होसहवासमा आयौँ सपना छ आँखामा छुटेका छुटे उतै समयको चेपमा जुटेका आयौँ बोलाउँदै बोलाउँदै द्वारद्वारमा गहिरो निद्राबाट उठाउँदै आयौँ घरघरमा भाइ हो देउसिरे भन बहिनी हो...बाँकी

    दारी

    छन्दः अनुष्टुप पालेर हुन्छ के दारी म काट्छु उठि दिन्दिनँ वैंशका कलिला साथी दारी पाल्दा म चिन्दिनँ नहुँदा गोजिमा दाम लुगा फाटो म किन्दिनँ नखाई जसरी दारी म ता नकाटि हिन्दिनँ ।१। रोनाल्डो मेसिका दारी...बाँकी

    जा जा

      छन्दः शार्दूलविक्रीडित डाहा जा पर जा नआ नगिचमा इर्ष्या र आलस्य जा जा जा चोर प्रवृत्ति जा वर नआ दूर्भाव जा दम्भ जा लोभी धुर्त दलाल मानसिकता पाखण्ड जा क्रोध जा मैलो गन्ध विचार...बाँकी

    स्मरण चिन्तन्

    आशा अझै बाक़ी नै छ सपनाझैँ बर्बराइरहेका छन् दिन र रातहरु मेरै देश र पुर्खाका गाथाहरु समेटेर आँसु अनि रगतका थोपाथोपा बोलिरहेका छन् इतिहासका ती काला रातहरुसँग पारि डाँडामा डुब्न लागेका सुर्यझैँ अर्थहीन जीवनसँग गाँसिएको...बाँकी

    ए साथी

    ए साथी, बन सारथी समयको खैंची लगाम् हातमा यात्रा मोड़ नयाँ विकास तिरको संदेशका साथमा । लौ लौ लाग छिटो विकास पथमा भन्दै अगाडी बड लागोस् लस्कर त्यो पछाडि सबको बीना कुनै गड्बड ।१। यस्तो...बाँकी

    डियर जिन्दगी

    देख्न सक्ने छुन नसक्ने गगन कस्ले बनायो ? दुखिरहने छुन, देख्न नसक्ने मन कस्ले बनायो ? रुपरङ्ग आकार बिना, कसरी गरुँ बयान तिम्रो ? छुन सक्ने देख्न नसक्ने पवन कस्ले बनायो ? बार बार हजार...बाँकी

    Ad
    Ad
    Ad