back

किशोरीको शव निकालियो, उद्धारकर्ता नै घाइते

वि.सं.२०७४ माघ २७ शनिवार

294 

shares
NTC AD
Global IME AD

 

२७ माघ,मलेखु, धादिङ । शनिबार बिहान धादिङको सलाङघाटमा भएको दुर्घटनामा थप एक किशोरीको शव निकालिएको छ ।

सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप दुर्घटना हुँदा हराइरहेकी १६ वर्षीया युवती उन्नती गुप्ताको शव जिपभित्रबाट निकालिएको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए ।

टुचिनको सहायताले निकालिएको जिपभित्र किशोरीको शव भेटिएको थियो ।

सशस्त्र प्रहरी, कुरिनटारबाट गोताखोरको टोलीले पानीभित्र पसेर शब निकाल्ने र गाडी बाँध्ने काम गरिरहेका बेला उद्धारमा खटिएका ससस्त्र प्रहरीका हवल्दार तारानाथ चपाँई गम्भीर घाइते भएका थिए । उनलाई अन्य गोताखोरको टोलीले उद्धार गरी सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ स्थित नेपाली सेनाको अस्पतालमा लगिएको प्रहरी निरिक्षक तिमल्सिनाले बताए ।

सिँचाइ मन्त्रालयका सचिव यादव उनको घर कपिलवस्तुबाट छोरीको विवाहको टुंगो गरेर मन्त्रालय फर्किने क्रममा आफैँले हाँकेको बा २ झ ३१४० नं को जीप धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा सडकबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा सचिव यादवको मृत्युभएकोमा उनको शव विहानै निकालिएको थियो । दुर्घटनामा यादवका छोरा २२ वर्षीय सन्तोष अझै बेपत्ता छन् । (रासस)

वि.सं.२०७४ माघ २७ शनिवार १३:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

तेल प्रशोधन केन्द्र अलपत्र

तेल प्रशोधन केन्द्र अलपत्र

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित...

जलिरहेको अवस्थामा युवतीको शव बरामद

जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला...