२३ मंसिर, तुलसीपुर, दाङ : दाङ क्षेत्र नं १ को प्रदेश (ख) मा वाम गठबन्धनका तर्फबाट (एमाले)का रेवतीरमण शर्मा १९ हजार ३५४ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जानकीलाल बस्नेतले १२ हजार ७५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।
कूल ५२ हजार ७०० मत रहेकामा यस क्षेत्रमा ३६ हजार १४२ मत खसेको थियो ।
वि.सं.२०७४ मंसिर २३ शनिवार १५:४० मा प्रकाशित