२६ मंसिर, वालिङ, स्याङ्जा : स्याङ्जा–१ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका नारायणप्रसाद मरासिनी विजयी हुनुभएको छ ।
आफ्ना निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजु थापालाई १० हजार ७०२ मतान्तरले पराजित गरी उहाँ विजयी हुनुभएको हो । मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गर्नुभयो ।
२०७० सालको संविधानसभाको निर्वाचनमा पनि स्याङ्जा क्षेत्र नं १ मा उहाँहरु प्रतिस्पर्धी हुनुहुन्थ्यो । संविधानसभाको निर्वाचनमा पराजय भोग्नुभएका मरासिनीले यस पटक थापालाई जित्नुभएको हो ।
यसैगरी प्राप्त पछिल्लो मतगणना अनुसार स्याङ्जा –२ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार पदमा अर्यालले अग्रता लिनुभएको छ । उहाँले २७ हजार ६७७ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी काँग्रेसका गोपालमान श्रेष्ठले २६ हजार २०३ मत ल्याएर पछ्याइरहनुभएको छ ।
वि.सं.२०७४ मंसिर २६ मंगलवार १४:३० मा प्रकाशित