back

अन्तर्राष्ट्रिय करातेमा नेपाली सेनाको अग्रता

वि.सं.२०७५ वैशाख २१ शुक्रवार

135 

shares
RBB AD
NTC AD

karate

२१ बैशाख, खोटाङ । खोटाङको दिक्तेलमा शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको टोलीले अग्रता लिएको छ ।

जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगिताको पहिलो दिनमै सेनाका खेलाडीले तीन स्वर्ण पदक जित्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् ।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा बिहीबार दिउँसो शुरु भएकोे प्रतियोगितामा महिला तथा पुरुष समूह काँता र पुरुष एकल काँतामा सेनाका खेलाडीले स्वर्ण पदक हात पारेको निर्णायक टोलीका संयोजक राजेन्द्र कपालीले बताउनुभयो । संयोजक कपालीका अनुसार बिहीबारै भएको महिला एकल काँता प्रतियोगितामा भारतले स्वर्ण पदक जितेको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः रु एक लाख, रु ७० हजार र रु ५० हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने टोली, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट टोली व्यवस्थापकलाई जनही रु २०÷२० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

आयोजकका अनुसार १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि प्रतिस्पर्धा हुने आयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए ।

विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित उद्घाटन गरिएको प्रतियोगितामा श्रीलंका, भारत, नेपाली सेना, १ नम्बर प्रदेश, २ नम्बर प्रदेश, ३ नम्बर प्रदेश, ४ नम्बर प्रदेश, ६ नम्बर प्रदेश र आयोजकसहित नौ समूहले प्रतिस्पर्धा गर्दैछन् ।

करीब रु ५० लाखको लागतमा सम्पन्न हुने प्रतियोगिताका लागि जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । रासस

वि.सं.२०७५ वैशाख २१ शुक्रवार ०९:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मन्त्री श्रेष्ठद्वारा सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

मन्त्री श्रेष्ठद्वारा सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली...

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि सेनाका रोक्कालाई

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि सेनाका रोक्कालाई

लुम्बिनी । राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको...

ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी

ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत...

विश्वकप छनोटका लागि २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

विश्वकप छनोटका लागि २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

काठमाडौँ । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएईं)विरुद्ध...

महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुँदै

महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुँदै

काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि...

यस्तो बन्दै छ गौरिटारमा पौडी पोखरी र क्रिकेट मैदान

यस्तो बन्दै छ गौरिटारमा पौडी पोखरी र क्रिकेट मैदान

काठमाडौं । हेटौडाको गौरिटार रंगशालामा धमाधम खेल पूर्वाधार निर्माण हुन...