back

गजल ५२

वि.सं.२०७५ वैशाख २१ शुक्रवार

222 

shares
NTC AD
Global IME AD

ajay-sugam-khanal

थोरै विकास र धेरै भ्रष्टाचार अचम्म लाग्छ
हेर्छु हाम्रा नेताको व्यवहार अचम्म लाग्छ

यो सम्प्रदायिकता खल्बल्याउने कुरा गरेर
केका लागी हो मारामार अचम्म लाग्छ

कलम चलाउन सिपालु योद्धाका हातमा
रगत लत्पत्तिएको तरबार अचम्म लाग्छ

साहित्यको स र गजलको ग नजान्ने ऊ
कहलियो पोख्त गजलकार अचम्म लाग्छ

विदेशमा कहिलेसम्म पसिना बगाउने हामी
किन मिल्दैन देशमा रोजगार अचम्म लाग्छ

स्वास्थ्य शुलभ नभएरै होला नेताहरु
हानिन्छन् विदेश लगातार अचम्म लाग्छ

छिमेकी सीमान्तकृत रेखांकन मेटाइसक्दा
गर्छन मात्रै भ्रमणमा वारपार अचम्म लाग्छ

दुर्गम अनि सुगमकै इतिहासलाई लेखेपनि
भन्छन् सबै छैन केही सार अचम्म लाग्छ

मालारानी ३ अर्घाखाँची नेपाल हाल : दक्षिण अफ्रिका

वि.सं.२०७५ वैशाख २१ शुक्रवार १०:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

गजल

गजल

कुशल नाथ योगी, कालिकोट हुन्न ढल फोहोर कम तिम्रो सहरको...

गजल

गजल

कुमार अविरल, ललितपुर सम्बन्ध नै टुङ्गियो खै के गुनासो गरूँ...

गजल

गजल

बिमला चन्द सानू बैतडी, हाल : काठमाडौं उचाल्नेहरू छन् खसाल्नेहरू...

गजल

गजल

स्वर्णशिखा, दाङ मन देख्न तिमीलाई चाहन्छ तिमी छैनौ दिलभित्र सधैँ...