back

काँग्रेसले पदाधिकारी मनोनयन गर्दै

वि.सं.२०७५ वैशाख २१ शुक्रवार

144 

shares
RBB AD
NTC AD

congresh-flag

२१ बैशाख, काठमाडौँ । नेपाली काँग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा पदाधिकारी मनोनयनको कार्यसूची रहेको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्नुहुने र कार्यसमितिबाट त्यसलाई अनुमोदन गराउनुपर्ने केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

आजको बैठकमा सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतको नाम प्रस्ताव गर्नुहुने संस्थापन पक्षका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार यसअघि सभापति देउवाले सहमहामन्त्री पद नेता पौडेल पक्षलाई दिने मनसाय बनाएको भए पनि पार्टीभित्रको पछिल्लो घटनाक्रमले त्यसमा फेरबदल आएको हो ।

वरिष्ठ नेता पौडेल पक्षले भने महाधिवेशन भएको दुई महिनामा गर्नुपर्ने पदाधिकारी मनोनयन दुई वर्षसम्म पनि नगर्दाको अवस्थामा विधानको प्रावधानलाई समेत सम्बोधन गर्ने गरी सहमतिमै पदाधिकारी मनोनयन गर्दा राम्रो सन्देश जाने सुझाव दिएको छ ।

साथै मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदार र सो दलका नेतालाई समेत व्यवस्थापन गर्ने गरी निर्णय गर्नुपर्ने केन्द्रीय सदस्य दीलेन्द्र बडूको भनाइ छ ।

सभापति देउवाले भने तत्काल नेता गच्छदारलाई वरिष्ठ नेता पौडेलपछिको वरियतामा वरिष्ठ नेताको स्थान दिने तयारी गरेका छन् । काँग्रेसको हालको विधानले निर्वाचित केन्द्रीय सदस्यलाई मात्र पदाधिकारीमा मनोनयन गर्न पाउने व्यवस्था गरेको छ ।

यसअघि पदाधिकारी मनोनयनका लागि निर्वाचित पदाधिकारी एवं सदस्यको बैठक यही वैशाख १७ गते बस्ने भनिएकामा विशेष कारणवस स्थगित भएपछि बैठक आजका लागि बोलाइएको हो ।

वरिष्ठ नेता पौडेल पक्षले केन्द्रीय कार्यसमिति बैठक अघि पदाधिकारी मनोनयन सम्बन्धमा आन्तरीक छलफल गर्दैछ भने सभापति देउवा पक्षले सबै पदाधिकारी आफ्नै पक्षबाट मनोनयन गर्ने तयारी गरेको छ ।

यस अघि पार्टी केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनमा पार्टी पराजयको जिम्मा कसले लिने भन्ने सम्बन्धमा पनि दुबै पक्षबीच विवाद भएको थियो । अन्ततः गत चैत ९ गतेदेखि वैशाख १६ सम्म चलेको समीक्षा बैठकले पार्टी प्रतिकूल भएको निर्वाचन परिणामको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय गरेको थियो ।

सो बैठकले काँग्रेसजिल्ला सभापति भेला आगामी जेठ अन्तिम सातामा आयोजना गर्ने, पार्टीको विधानलाई परिमार्जन एवं संशोधनलगायतका कार्य आगामी भदौमा हुने पार्टी महासमितिको बैठक गर्ने तयारी पनि गरेको छ ।

वि.सं.२०७५ वैशाख २१ शुक्रवार १५:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुर (गाईघाट) । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको...

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान...

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायसंवाद कार्यक्रम सुरु गरेको छ ।...

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

झापा । विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा...

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन...

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान...