१२ असोज, पथरी (मोरङ) । श्रममन्त्री सूर्यमान गुरुङले सरकारले खाडी मुलुकमा जेल जीवन बिताइ रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले खाडीको कारागारमा रहेका नेपालीको यकिन तथ्याङ्क नहुँदा नेपाल फर्काउन समस्या भइरहेको बताउनुभयो ।
मन्त्री गुरुङले सरकारले ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’ को योजना ल्याएपनि विदेश जानेको सङ्ख्या भने घटेको बताउनुभयो । गैरकानुनी तरिकाबाट वैदेशिक रोजगारमा पठाउनेलाई सरकारले कडा कारबाही गर्ने उहाँको भनाइ थियो । रासस
वि.सं.२०७३ असोज १२ बुधवार १३:०८ मा प्रकाशित