
आयरल्याण्ड । नेपालमा संघीय गणतन्त्र स्थापनाको ११ औ वार्षिक अवसरमा आयरल्याण्डको कोर्क सहरमा ‘सम्बृद्ध नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ आयरल्याण्ड, नेपाली जनसम्पर्क समिती आयरल्याण्ड, कोर्क नेपाली समाज कोर्कको संयुक्त आयोजनामा आयरल्याण्डमा रहेका नेपाल आयरल्याण्ड समाज लगायतका अन्य संघ संस्थाको सहयोगमा भब्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन तथा सभापतित्व गैरआवासीय नेपाली संघ आयरल्याण्डका संरक्षक तथा पूर्व अधक्ष्य एवं नेपाली जनसम्पर्क समिती आयरल्याण्डका अधक्ष्य शुक्रराज न्यौपानेले गरेका थिए ।
गणतन्त्र दिवसको अवसर पारेर आयोजीत उक्त कार्यक्रमको बारेमा प्रस्ट पार्दै कार्यक्रम संयोजक शुक्रराज न्यौपानेले भने ‘हामिले जनचाहना बमोजिम जहांनिया राणा सासनको अन्त्य गर्यौ, प्रजातन्त्र ल्यायौं फेरि सक्रिय पंचायती राजतन्त्रको उदय भयो आन्दोलन गर्यौ राजा सहितको प्रजातन्त्र आयो फेरि पनी राजा एकलौटी चल्ने कोशिस गरे अनि गणतन्त्र सम्म आई पुग्यौ त्यो सब सम्वृद्ध नेपालको जन चाहनाले सम्भव भएको हो ।’
उनले आजसम्म नेताहरूले यो या त्यो परिस्थिती र व्यवस्थाले सम्बृद्ध नेपालको निर्माण सम्भव हुन नसकेको यथार्थ प्रस्तुत गर्दै गर्दा अब यो भन्दा अगाडि बिश्वमा कुनै त्यस्तो व्यवस्था नभएको बताउँदै यस व्यवस्थाले देशलाई विकास र सम्बृद्धिमा डो¥याउन सकोस् भन्ने कामना गरेका थिए । उनले नेतृत्वमा ईच्छा शक्ति र क्षमताको अभिवृद्धि हुनुपेर्न पनि बताए ।
कार्यक्रम संयोजक तथा अध्यक्ष न्यौपानेले देशको सम्वृद्धिमा गैरआवासीय हामी नेपालीहरुको भूमिका ठूलो भएको बताए । उनले नेपालीहरु बिश्वका विभिन्न विकशीत मुलुकहरू बसोवास गरेको र यि देशहरुको प्रगति र विकासको प्रत्यक्ष् साक्षी र सहयोगी भएकोले पनि विदेशमा आर्जन गरेको शिप, ज्ञान , अनुभव र पूँजी नेपालको बिकास एवं सम्वृद्ध नेपाल निर्माणको अभियानमा लगाउन चाहेको हुनाले त्यसका लागी सरकारले वातावरण निर्माण गनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अथिति गैरआवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नबराज कोइरालाले हजारौं शहिदको वलिदानले प्राप्त संघीय गणतन्त्र नेपाल अब सम्बृद्धिको तर्फ अगाडी बड्नुको विकल्प नभएको वताए । देशमा रहेको व्याप्त भष्ट्राचार र कर्मचारीतंन्त्रमा रहेको ढिला सुस्तीको अन्त्य एवं लगानी मैत्री बातवरण बनाउन सकेको खण्डमा गैरआवासीय नेपालीहरूले अहिलेको भन्दा दुईगुणा बढी नेपालमा नै गर्ने हुदा ति कुराहरुमा सरकारको ध्यानआकर्षण गराए ।
त्यस्तै गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्वअध्यक्ष एवं अन्तर्राष्ट्रिय समन्वय समिती सदस्य राजन काफ्लेले देशलाई द्रुतगतिमा सम्बृद्ध बनाउनको लागी देशको शिक्षानीति तथा सरकारी निकायको कार्यसम्पादन शैलीमा परीर्बतनको खाँचो औल्याए ।
कार्यक्रममा सम्बोधन गर्दै संरक्षक एव पूर्वअध्यक्ष गणेश प्रसाईले सबैले आफ्नो मातृभ्रूमिमा लगानी गर्नु हाम्रो कर्तब्य हो भन्दै लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई उत्साह जगाउन सरकारले विशेष ध्यान पु¥याउन अवश्यक रहेको बताए ।
त्यस्तै अन्य वक्ताहरु कोर्क नेपाली समाजका अध्यक्ष टेक नरायण पौडेल, कोर्क नेपाली समाजका पूर्बअध्यक्ष तथा गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्बउपाध्यक्ष बसन्त न्यौपाने, कोषाध्यक्ष जंग अधिकारी, महिला संयोजक अन्जु काफ्ले, युवा प्रतिनिधि कृष्ण जी सी, अंकित ओली लगायतले बिश्वको जुन कुनामा रहेपनि आफ्नो देशको सम्बृद्धि एवं विकासको लागि आफ्नो तर्फबाट सदैव लागिपर्ने प्रण गर्दै अग्रजहरुले देशका लागी बनाउने योजनामा सधै साथ रहने विश्वास दिलाए ।
कार्यक्रममा कोर्क नेपाली समाजका अधक्ष्य टेक नारायण पौडेलले सबै अथिति एव उपस्थित महानुभावहरुलाई स्वागत गरेका थिए भने संचालन गैरआवासीय नेपाली संघका उपाध्यक्ष लोक त्रिपाठीले गरेका थिए ।
वि.सं.२०७५ जेठ १५ मंगलवार १५:०२ मा प्रकाशित