back

कटानसंगै विरुवा रोपेर वन व्यवस्थापन

वि.सं.२०७५ जेठ १५ मंगलवार

387 

shares
GLOBAL IME AD
NTC AD

१५ जेठ, धनकुटा ।  एक सय चालिस वर्ष पुरानो सल्लेरी वनको रुख कटान गरी नयाँ बिरुवा रोपेर वन व्यवस्थापन गरिएको छ ।
जिल्ला वन कार्यालयका अनुसार सदरमुकामस्थित धनकुटा नगरपालिका ६ नं वडामा रहेको सल्लेरी वनको पुराना रुख कटान पछि नयाँ बिरुवा रोपिएको हो । गतवर्ष पनि जिल्ला वन समन्वय समितिले बैठकले पनि पुराना रुख काटेपछि नयाँ बिरुवा रोप्ने निर्णय गरी काम शुरु गरेको थियो ।

राणाकालीन समयमा रोपिएको सल्लेरी वनको रुख व्यवस्थापन गर्ने कार्ययोजना अन्तर्गत गत वर्ष ७९ वटा रुख कटान गरिएको थियो भने यस वर्ष ४९ वटा रुख कटान गरिएको छ । वन व्यवस्थापन कार्ययोजनाअनुसार यसवर्ष २०० सल्लाका बिरुवासमेत रोपिएको कार्यालयका प्रमुख कृष्णप्रसाद बस्तीले बताए ।

विसं १९३८ मा बमविक्रम राणाले लगाएको वनमा अधिकांश सल्लाका रुखमात्र छन् । वैज्ञानिक वन व्यवस्थापनमा पुराना सल्लाका रुख काट्ने र नयाँ बिरुवा लगाउने कार्य भइरहेको उनले जानकारी दिएका छन् ।

कार्यालयले गतवर्षदेखि सञ्चालित पानीका मुहान संरक्षण र वन उपभोग नीति बनाई विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यालयसँगै धनकुटा नगरपालिकाले ‘एक नगर एक उद्यान’ र ‘एक घर एक रुख’को अभियान सञ्चालन गरेको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले जानकारी दिएका छन् ।

धनकुटा नगर क्षेत्रमा रहेको ऐतिहासिक सल्लेरी वनक्षेको सौन्दर्य हराउन नदिन नगरवासीमा ‘एक घर एक रुख’ अभियानसमेत शुरु गरिएकोे छ । बनको चार वटा ब्लक निर्माण गरिएकामा दोस्रो वर्ष ब्लकका माध्यबाट रु २१ लाख राजस्व बढेको कार्यालयले जनाएको छ ।

वि.सं.२०७५ जेठ १५ मंगलवार १४:५४ मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

काठमाडौँ । नेकपा एमाले विहादी गाउँपालिकाको अध्यक्षमा दुर्गाप्रसाद भुसाल सर्वसम्मतले...

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार...

कांग्रेस नेतृ आचार्यको निधन

कांग्रेस नेतृ आचार्यको निधन

दमौली (तनहुँ) । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको...