
मानव हैन दानव यहाँ सदाचारी बनेको छ
बाउ आफ्नै छोरीको बलात्कारी बनेको छ
चुनाव जिताएर हामीले संसदमा पठाएका
त्यही नेता आज देशलाई भारी बनेको छ
न त देश विकास भयॊ न कुनै निकास दिए
सिंहदरबार नेताहरुको चौतारी बनेको छ
जनस्वास्थ्यमा खेलबाड् गरिरा’छ सरकार
जाजरकोटमा हैजाको महामारी बनेको छ
यहाँ चेलीहरु फेसनको दुनियाँमा रुमलिँदा
आज पहिरनको अस्तित्व सारी बनेको छ
उस्लाई साथीसङ्गी परिवारले वास्ता नगर्दा
साहित्य नै अजयको एक छहारी बनेको छ
इति
वि.सं.२०७५ जेठ १६ बुधवार १०:३७ मा प्रकाशित