back

विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द

वि.सं.२०७५ जेठ १८ शुक्रवार

366 

shares
GLOBAL IME AD
NTC AD

 

१८ जेठ, रुकुम  । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो ।

केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार चन्दले जानकारी दिए । उनले अन्य विद्यार्थीसमेत बिरामी पर्ने डरले विद्यालय बन्द गरेको बताए ।

उनका अनुसार पढ्दै गरेका विद्यार्थी एक्कासि मुर्छा पर्ने, ब्युँझिएपछि विद्यार्थीको टाउको र हातखुट्टा दुख्ने, रिङ्गटा लाग्ने र रुनेजस्ता लक्षण देखिने गरेको छ ।

गत मंगलबार र बुधबारमात्रै मुर्छामा परेका करीब २० जना विद्यार्थीको उपचार भएको विद्यालयले जनाएको छ । स्वास्थ्य चौकी पीपलका अहेब खगेन्द्र शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरिरहेको बताइएको छ ।

वि.सं.२०७५ जेठ १८ शुक्रवार १२:४२ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...