back

बाल्टिमोरमा भब्यरुपमा साकेला मनाईयो

वि.सं.२०७५ जेठ १८ शुक्रवार

261 

shares

बाल्टिमोर । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा अमेरिका) केन्द्रिय समिति र डी एम भी पी (डीसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सिल्भानिया) लोकल च्याप्टरको संयुक्त आयोजनामा बाल्टिमोरमा भव्य रुपमा साकेला मनाईएको छ ।
मई २७ का दिन सम्पन्न गरिएको उक्त कार्यक्रमलाई प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले किराती राईहरुको सस्कृति साकेला चाड किराती राईहरुको मात्र नभएर अब संसारभरीका नेपालीको पहिचान र नेपाली चाड भएको बताए । उनले मातृभूमिबाट जतिनै टाढा भए पनि आफ्नो भेसभुषामा किराती राई भाइ बैनीहरु सजिएको देख्दा अब यसले बिस्वब्यापीरुप लिएको बताए ।

उनले आफू पनि बाहुल्य क्षेत्रमा हुर्केको हँुदा आफुनो बुबाले पनि उद्यौली उभौली मनाएको स्मरण गरे ।

त्यस्तै सभापतिको आसनबाट बोल्दै अर्गनाइजेसनका सभापति बिष्णु राईले किरात भूगोल ,इतिहास ,सभ्यता र पहिचान भएको हँुदा नेपालको क्षेत्र न १ किरात प्रदेश नामकरण हुनुपर्ने बताए । उनले साकेला चाड अब कुनै देशको सीमानाले छेक्न नसक्ने भएकोले अन्तररास्ट्रियकरण भइसकेको पनि बताए ।

बाल्टिमोर काउन्टी हाउस डेलिगेट्स तथा बाल्टिमोर काउन्टी एक्जुकेटिभ क्यान्डीडेट जोनी ओल्गेस्किले साकेलाको शुभकामना दिदै बाल्टिमोर काउन्टीमा यो सस्कृति भेसभूष देख्दा गौरबको अनुभूति भएको बताउनु बताए । उनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने कुरा व्यक्त गरेका थिए ।


त्यस्तै अर्का वक्ता अमेरिकाका पुर्वएनआरएनए सभापति तथा अर्गनाइजेसनका वर्तमान सल्लाहकार शिब कुमार राइले किरातीहरु जहाँ रहे पनि आफ्नो सस्कृति बचाई राख्न र उक्त सस्कृतिलाई भावी पुस्तामा हस्तान्तरण गर्दै जानका लागि पनि बिदेशी भूमिमा साकेला (भूमि पुजा) गरिएको र यसप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको कुरा बताएका थिए ।

उक्त कार्यक्रमका संयोजक तथा अर्गनाइजेसनका पुर्वकेन्द्रीय सभापति मिलन राईले स्वागत भाषण गर्दै अति व्यस्त समयमा पनि कार्यक्रममा सहभागी हरुलाई धन्यवाद दिएका थिए ।


अर्गनाइजेसनको मिडिया सहसंयोजक सुरेश चाम्लिङ्गले साकेला चाडमा नेपालमा दिदै आएको बिदा सरकारले कटौती गरेको खेद व्यक्त गर्दै साकेला लाई पर्व ,चण्डी, फागु नभनी दिन आग्रह गरे । साथै मुन्धुम तत्कालिन अवस्थाको बिज्ञान तथा नियम ,कानुन भएको कुरा बताए ।


अर्गनाइजेसनका पुर्वमहासचिव प्रेरणा राईले साकेलाको महत्व माथि प्रकाश पार्दै उभौली र उधौलीको बारेमा अथ्र्याएका थिए भने डी एम भी पी च्याप्टरका बोर्ड चेयर प्रकाश राईले शुभ कामना दिर्दै साकेला नेपालीहरुको महान चाडको रुपमा बिकसित भएको हुनाले संसारका हरेक कुन कुनामा फैलिएको कुरा बताए ।
नेपाली र अमेरिकाको रास्ट्रिय गीत संगै भुमि पूजाबाट शुरु भएको उक्त कार्यक्रममा न्युइंग्ल्याण्ड च्याप्टर ,डी एम भी पी च्याप्टर र न्युयोर्क च्याप्टरले साकेला सिली प्रस्तुत गरेका थिए ।


कार्यक्रमको मध्यान्तरमा शिरैमा सिरबन्दि बोलको गितमा न्यूयोर्कबाट आएका कलाकारहरु श्रीमती सजना राई र शुश्री श्यारोन राईद्वारा प्रस्तुत युगल नृत्यले दर्शकहरूलाई अत्यन्तै मनोरन्जित बनाएको थियो ।
त्यस्तै नेपालबाट आएका कलाकार गायिका आभा मुकारुङ्गको गीतले दर्शक लाई मनोरंजन दिलाएको थियो भने प्रकाश राई ,चन्द्र राई, राजेन्द्र राई लगाएतले गित प्रस्तुत गरेर माहौल रमाइलो बनाएका थिए । गुन्यू चोली, ढाकाको सल, सिरबन्दी, चेप्टे सुन ढुङ्ग्री बुलाकी र दौरा सुरूवाल लगायतका किरांत राई पहिरनमा सजिएका युवा युवतिहरूको सिली प्रस्तुत गर्ने जोसलाई दर्के पानीले छेक्न सकेको थिएन ।

साकेला सिलीको न्युइंग्ल्याण्ड च्याप्टरको संयोजन धौलबीर राइले गरेका थिए भने डी एम भी पी च्याप्टरको मन्जित राई र न्युयोर्क च्याप्टरको संयोजन सुख राज राईले गरेका थिए ।


शेखर राई र मारिया राईको संयुक्त सञ्चालनमा भएको उक्त कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहित बानाका सभापति अनु वन्त, आदिवाशी जनजाति महिला महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष कुशुम भट्टचनको समेत उपस्थिति थियो । किरात राईहरुको नक्छुंग सहित अन्तमा सहभागी सबैले साकेला नाचेर कार्यक्रम समापन गरिएको थियो ।


सोहि अवसरमा अघिल्लो दिन अर्गनाइजेसनको साधारणसभा होटल म्यारीएटको हलमा सम्पन्न भएको थियो । विभिन्न लोकल च्याप्टरको प्रगति प्रतिवेदन च्याप्टरको अध्यक्षहरुले प्रस्तुत गरेका थिए । अर्गनाइजेसनको न्युइंग्ल्याण्ड च्याप्टर अध्यक्ष मुक्ति नारायण राइले च्याप्टरको प्रगति प्रतिवेदन सहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त सभामा केन्द्रिय उपसभापति मुना राईले बिगतको समिक्षा गर्दे भावी योजनाको रुपमा मिसन २०२० को प्रस्ताव ल्याएका थिए भने उक्त मिसन २०२० मा साकेला भूमि खरिद तथा समाधिस्थलको ब्यबस्थापन समेतको प्रस्ताव राखिएको छ ।

वि.सं.२०७५ जेठ १८ शुक्रवार १३:३२ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...