![लन्डनमा आयोजित १६ औ गोर्खाकपमा मंगोलियन भान्जा विजेता लन्डनमा आयोजित १६ औ गोर्खाकपमा मंगोलियन भान्जा विजेता](https://sansarnews.com/wp-content/uploads/2018/06/uk3.png)
अल्डरसट युके । युकेमा इभेन्ट १६ औं गोर्खाकप २०१८ भव्य रुपमा सम्पन्न भएको छ ।
अल्डरसटको क्वीन्स एभिन्यू, ग्यारीजन स्पोर्टस मैदानमा सम्पन्न १६ औं गोर्खाकप २०१८ मा १५ हजार भन्दा बढि दर्शकको उपस्थितिमा सम्पन्न भएको आयोजक तमु धि युकेले जानकारी दिएको छ ।
प्रतियोगिताको मुख्य विधामा ३२ टीम र भेट्रानतर्फ १० टीम गरी कुल ४२ टिमले प्रतिस्पर्धामा भीडेको खेलमा युके बाहिर हल्याण्ड, बेल्जियम र हंगकंगबाट समेत खेलाडीहरु प्रतिष्पर्धामा भाग लिएका थिए ।
तमुधी युकेका अध्यक्ष ज्ञाम गुरुड्गद्धारा बल गुडाएर उद्घघाटन गरिएको सो खेलमा गोरखा कप २०१८ कार्यक्रमको सञ्चालन तमुधि यूकेका महासचिव कृष्ण गुरुङले र प्रतियोगिताको संयोजन क्याप्टेन पिताम्बर गुरुङले गरेका थिए । साथै कार्यक्रमको अध्यक्षता तमुधी युकेका अध्यक्ष ज्ञाम गुरुडले गरेका थिए ।
रशमोर बरोका मेयर काउन्सिलर स्टिभ मास्टर्सन प्रमुख अतिथी रहेको सो कार्यक्रममा विशेष अतिथीहरु बेलायती सांसद लिओ डोचेर्टी, लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, आइडीया फर नेपालका मुख्य प्रायोजक आइडिया फर नेपालका सिईओ शिरोमणी दवाडी लगायतले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गर्नु गरेका थिए ।
प्रतियोगिताको मुल विधातर्फ विजेता बन्दै मंगोलियन भाञ्जाले यस वर्षको गोर्खाकपको उपाधि जित्यो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलको अतिरिक्त समयमा ब्रिगेड बोइजलाई १ शून्यको अन्तरले हराउंदै मंगोलियन भाञ्जा विजेता बनेको हो ।
विजेता समुहले २५ सय पाउण्ड नगद र उपविजेताले १५ सय पाउण्डको नगदसहित ट्रफी र सर्टिफिकेट प्राप्त गरे । त्यस्तै, भेट्रान समुहमा इलाम एफसी विजेता तथा केन्ट एफसी उपविजेता बने । विजेताले १२ सय तथा उपविजेताले ८ सय पाउण्ड नगदसहित ट्रफी र सर्टिफिकेट हात पारे । प्रतियोगीतामा नन भेट्रानतर्फ मंगोलीयन भान्जाका सौगात गुरुङ ‘टप स्कोर’ बन्न सफल भए भने मंगोलीयन भान्जाकै सादिक लिम्बु ‘म्यान अफ द म्याच’ घोषित भए ।
त्यसैगरी भेट्रानतर्फ इलाम एफसीका चोक गुरुङ ‘मेन अफ द म्याच’ र केन्ट एफसीका मोहनराई ‘बेष्ट स्कोरर’ भएका थिए ।
औपचारिक कार्यक्रममा प्रमुख अतिथी तथा विशेष अतिथीहरुले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक तमु धि यूकेका अध्यक्ष तथा प्रतियोगिताका निर्देशक ज्ञाम गुरुङले गोर्खाकपको इतिहास बारे जानकारी दिदै प्रतियोगिता सफल गराउन सहयोग गर्ने सम्पुर्ण प्रायोजक, संघसंस्था, खेलाडी तथा बेलायतबासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सोहि अवसरमा हालै बेलायतमा काउन्सीलरमा निर्वाचित हुने तीनजना नेपालीहरु लक्ष्य गुरुङ, चित्रबहादुर राना र विष्णु गुरुङ, डान्स नायिका जसिता गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विशेष आकर्षणको रुपमा एफए कपको प्रदर्शनी, गोर्खा ब्रिगेड ब्याण्डको विशेष प्रस्तुति, प्यारासुट जम्पिङ, मार्सल आर्ट, प्रथम नौमती बाजा गुल्मी तथा सयपत्री सांस्कृतिक समुहको नृत्य प्रस्तुत गरिएको थियो ।
सोहि अवसरमा नेपाली खानाका दर्जन बढि स्टलका साथमा विभिन्न नेपाली व्यवसाय र च्यारिटीका गरी ४५ भन्दा बढि स्टलहरु समेत राखिएको थियो ।
एनआरएन युकेका पूर्वअध्यक्ष योग कुमार फगामी, प्रमुख संरक्षक डम्वर घले, महासचिव राज कुमार त्रिपाठी र डा दिलीप कुमार यादवको नेतृत्वमा एनआरएन यूकेको स्वास्थ्य विभागले निशुल्क स्वास्थ्य शिबिर चलाएर धेरै नेपाली आमा बुबाहरुको निःशुल्क स्वास्थय जाँच गरेको थियो । त्यस्तै, यसपटक राफल ड्रको विजेतालाई आउडी कार प्रदान गरिएको थियो ।
तमुधि यूकेका पूर्व अध्यक्षहरु, संस्थापकहरु, सल्लाहाकारहरु , कार्यसमिति पदाधीकारीहरु, सहारा युकेका अध्यक्ष मीन गुरुड्ग लगायत सल्लाहाकार र कार्यसमिति पदाधीकारीहरु, पत्रकार लगायतको को मेहनतले महत्वपुर्ण रुपमा सम्पन्न भएको थियो ।
वि.सं.२०७५ जेठ १८ शुक्रवार १७:५४ मा प्रकाशित