back

१८ वर्षपछि बैंक स्थापना भयो अर्जुनचौपारीमा

वि.सं.२०७५ जेठ २० आइतवार

159 

shares
RBB AD
NTC AD

२० जेठ, वालिङ, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको छ ।

२०३९ सालमा स्थापना भएको उक्त बैंक २०५६ सालमा द्वन्द्वका समयमा त्यहाँबाट विस्थापित भई स्याङ्जा सदरमुकाम आएको थियो । १९० औँ शाखाका रुपमा बैंकको शनिबार सरकारका सूचना तथा सञ्चार प्रविधि सचिव महेन्द्रमान गुरुङले उद्घाटन गरे ।

सो अवसरमा सचिव गुरुङले बैंकले प्रदान गर्ने सेवा सुविधालाई अझै प्रभावकारी ढंगबाट अगाडि बढाउँदै सेवाग्राहीको मन जित्दै जानुपर्ने बताउनुभयो । बैंकको सेवा सर्वसाधारणको पहुँचमा पु¥याएर यस क्षेत्रको आर्थिकस्तर सुधार गर्नका लागि पनि यस कार्यले महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी स्वामित्वमा सञ्चालित बैंकले यस क्षेत्रको आर्थिक विकासका साथै बैंकिङ प्रणालीलाई सर्वसाधारणको पहुँचमा पु¥याउन लागिपर्ने बताए ।

वि.सं.२०७५ जेठ २० आइतवार १०:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुर (गाईघाट) । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको...

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान...

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायसंवाद कार्यक्रम सुरु गरेको छ ।...

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

झापा । विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा...

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन...

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान...