back

गजल ५७

वि.सं.२०७५ जेठ २० आइतवार

180 

shares
NTC AD
Global IME AD

 

आत्माको मिलन भए त्यै सम्बन्धमा घरबार हुन्छ
पिरतीको सौगात बर्से झुपडी पनि संसार हुन्छ

तिम्रो नै भरोसामा नाता समाज छोडी आएँ
लैजाऊ मलाई धेरै टाढा जहाँ माया सदाबहार हुन्छ

जोसँग मिल्छ भावना बस्छ गहिरो प्रीति त्यहाँ
जसले दिन्छ धेरै खुशी त्यै जिन्दगीको हकदार हुन्छ

लोभीलाई धनै प्यारो हितकारीलाई मनको सङ्गम
प्रियसीलाई प्रियतमको हृदय नै सरकार हुन्छ

मायालुको अँगालोले बिर्साउँछ दुःख पीर सारा
एक्लो यात्रा जिन्दगीको आगोको त्यो अङ्गार हुन्छ

इति

वि.सं.२०७५ जेठ २० आइतवार ११:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...

कविता : नयाँ बर्ष

कविता : नयाँ बर्ष

भूपाल अधिकारी, बिराटनगर सही सोच राखौँ न उल्टाहरूले , सधैँ...