back

काँग्रेसका पुराना नेता जोशीको निधन

वि.सं.२०७५ जेठ २० आइतवार

159 

shares
RBB AD
NTC AD

२० जेठ, धनगढी । नेपाली काँग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ ।

बझाङको नेपाली काँग्रेसको संस्थापक रहेका जोशी विगत लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित थिए ।

उनकी श्रीमती, तीन छोरा र एक छोरी छन् । बझाङमा २० वर्षसम्म नेपाली काँग्रेसको सभापति रहनुभएका जोशीले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

आन्दोलनका क्रममा उनले बझाङ र कैलालीमा गरी पटक पटक जेल जीवन बिताएका थिए । स्व जोशीको स्थानीय मोहना नदीको घाटमा आजै अन्तिम संस्कार गर्न लागिएको उनका छोरा सूर्यप्रकाश जोशीले बताए ।

नेपाली काँग्रेसका नेता एनपी साउद, डडेल्धुरा काँग्रेस सभापति कर्णबहादुर मल्ल, कैलाली काँग्रेसका सभापति नरनारायण शाहलगायतले स्व जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिए ।

वि.सं.२०७५ जेठ २० आइतवार १३:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुर (गाईघाट) । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको...

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान...

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायसंवाद कार्यक्रम सुरु गरेको छ ।...

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

झापा । विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा...

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन...

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान...