back

लाखौँ मूल्यको मरिच बरामद

वि.सं.२०७५ जेठ २० आइतवार

207 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra


२० जेठ,पर्सा  । अवैधरुपमा भारततर्फ लैजाँदै गरिएको अवस्थामा प्रहरीले लाखौँ रुपैयाँ मूल्य बराबरका मरिच बरामद गरी आज सार्वजनिक गरेको छ ।

पर्साको बिन्दवासनी गाँउपालिका–४ अमरपट्टिबाट बरामद गरिएको मरिच करिब रु नौ लाख मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

ना ३ त २४३६ नं को ट्र्याक्टरमा ७५ बोरा मरिच लोडगरी अवैध रुपमा भारततर्फ लैजान लागिएको प्राप्त सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा सो परिमाणको मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । बरामद गरिएको मरिच एक हजार ८७५ किलो रहेको छ ।
मरिचसहित प्रहरीले ट्र्याक्टर चालक भारत बिहार सिक्टा निवासी नन्दलाल यादवलाई नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको मरिच, ट्र्याक्टर र चालक यादवलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।

मसलाका रुपमा प्रयोग हुने मरिचको मूल्य नेपालको तुलनामा भारतमा प्रतिकिलो ३२५ रुपैयाँ बढी भएकाले सीमा क्षेत्रमा अहिले मरिचको तस्करी ह्वातै बढेको छ ।

नेपालमा प्रतिकिलो ४७५ रुपैयाँमा बिक्री हुने मरिच भारतमा ८०० रुपैयाँमा बिक्री हुँदा खुल्ला सिमानाको फाइदा उठाउँदै कारोबारीले तेस्रो मुलुकबाट आयात गरिएको मरिचलाई अवैध रुपमा भारततर्फ पठाउने गरेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ जेठ २० आइतवार १९:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

त्रिशूली (नुवाकोट) । अविरल वर्षासँगै खसेको पहिराले गल्छी-रसुवागढी सडक योजनाअन्तर्गतको...

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ...

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

काठमाडौँ । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले...

निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह

निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण...

परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत...