back

शिक्षकलाई अब मासिक रुपमा तलब

वि.सं.२०७५ जेठ २० आइतवार

201 

shares
RBB AD
NTC AD


२० जेठ, दोलखा । चौमासिक तलब बुझ्दै आएका शिक्षकले अब आउँदो आर्थिक वर्षदेखि मासिक रुपमा तलब पाउने भएका छन् ।

नेपाल शिक्षक महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरक्षेत्रमा कार्यरत शिक्षकलाई मासिक रुपमा तलब दिने घोषणा गरेका हुन् ।

गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने जानकारी गराउँदै उनले सम्पूर्ण सेवा सुविधा प्रदान गर्न नगरपालिका तयार रहेको बताए ।

प्रमुख केसीले बालकक्षामा अध्यापन गराउने शिक्षकलाई विद्यालय पोशाक खरिदमा केही रकम सहयोग गर्ने र बालकक्षामा पढ्ने बालबालिकालाई दिवा खाजाको समेत व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए ।

विद्यालय पोशाक एकरुपता अभियानमा सरकारी विद्यालयमा अध्यापन गर्ने प्रथामिक तहका सबै विद्यार्थीलाई ट्र्याकसुट खरिद गर्दा रु ३० लाख खर्च भएको बताउँदै उनले नगरभित्रका १० विद्यालयमा विद्यार्थी संख्या अत्यन्तै न्यून रहेकाले त्यस्ता विद्यालयलाई तत्कालै एकआपसमा गाभ्ने (मर्ज) कार्य पनि अन्तिम चरणमा पुगेको धारणा व्यक्त गरे ।

उनले भने, “मर्ज हुँदा केही शिक्षकलाई घरपायक केहीलाई टाढा पर्न सक्छ, यसमा सबैले चित्त बुझाउनु पर्छ ।”

नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाका अध्यक्ष बालकृष्ण दाहाल, सहअध्यक्ष इन्द्रकुमार बस्नेत र सचिव ध्रुव सापकोटाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा शिक्षकका पेशागत हकअधिकार सुरक्षित गर्दै शैक्षिक गतिविधि चुस्त दुरुस्त र प्रभावकारी बनाउन २८ बुँदे माग पेश गरिएको छ ।

वि.सं.२०७५ जेठ २० आइतवार १९:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र...

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र...