back

करेन्ट लागेर राजपा केन्द्रीय सचिव लामाको मृत्यु

वि.सं.२०७५ जेठ २५ शुक्रवार

645 

shares

 

२५ जेठ, इनरुवा । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ ।

सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । उनी ३१ बर्षको थिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका लामाको उपचारका लागि धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु् भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका श्रीमती र दुई सन्तान छन् ।

कोशीमा एक युवाको शंकास्पद मृत्यु

यसैबीच, सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुरमा रहेको कोशी नदीको कटानको पानीमा नुहाउने क्रममा बिहीबार एकजना युवाको शंकास्पद मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोशी गाउँपालिका–३ पश्चिमकुशाहाका २३ वर्षीय सञ्जीव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिकामा रहेको एक ग्यारेजमा कार्य गर्दै आएका यादव बिहीबार चार दिनदेखि काम गर्न नगएको र बिहीबार एकाएक ग्यारेजमै काम गर्ने साथीहरुसँग नुहाउनका लागि गएको बेला उनको मृत्यु भएको हो ।

यता मृतकका बाबु रामचन्द्र यादवले व्यक्तिगत रिसइबीका कारण आफ्नो छोराको हत्या भएको आरोप लगाएका छन् ।

इटहरी–७ का भरत पराजुली र विकी ओझासहितको को ७ प २३०२ र को ३७ प ७७३१ नम्बरको मोटरसाइकलमा आएका ग्यारेजमा काम गर्ने साथीहरुले मृतक यादवलाई नुहाउन संगै लगेका थिए ।

भरत पराजुलीले यादवको पानीमा डुबेर ज्यान गएको र शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको बताएका छन् ।

घटना शंकास्पद भएकाले चारैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल, इनरुवामा राखिएको छ ।

 

वि.सं.२०७५ जेठ २५ शुक्रवार १०:१२ मा प्रकाशित

Himalayan Life AD
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन

झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन

सुरुङ्गा (झापा) । झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला...

सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना...

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...