back

प्रदेश ५ः संसद् विकास कोष नआएकामा सांसदको असन्तुष्टि

वि.सं.२०७५ जेठ २५ शुक्रवार

591 

shares

२५ जेठ, बुटवल । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले चालु आर्थिक वर्षको नीति कार्यक्रमले समेटेका विषय कार्यान्वयनमा कठिनाइ हुने हो कि भनी आशंका व्यक्त गरेका छन् ।

प्रदेशसभा बैठकमा आज नीति तथा कार्यक्रम प्रस्तुतिलगत्तै विपक्षी सदस्यले कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्र्रदेशसभा सदस्य रमा अर्यालले दुई महिना पहिले चालु आवका २०७४÷०७५ का लागि सरकारले ल्याएको नीति कार्यक्रम केही पनि कार्यान्वयन हुन नसकेझैँ आगामी आवका लागि सार्वजनिक नीति कार्यक्रम पनि त्यस्तै हुने आशंका व्यक्त गरिन् ।
कांग्रेसकै भुवनेश्वर चौधरीले नीति कार्यक्रममा संसद् विकास कोष र ज्येष्ठ नागरिकलाई ६५ वर्षमा सामाजिक सुरक्षा भत्ता दिने कार्यक्रम नआउनाले जनतालाई राहत नपुग्ने बताए । संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य सन्तोष पाण्डेले विकासका लागि प्रत्यक्ष निर्वाचित प्रदेश सदस्यलाई संसद् विकास कोषको व्यवस्था नीति कार्यक्रममा नआएकामा आपत्ति जनाए ।

सत्तापक्ष नेकपाका दयाराम न्यौपानेले नीति कार्यक्रम जनता लक्षित भएको र यसको कार्यान्वयन गरेर समृद्ध प्रदेश खुशी जनताको अवधारणालाई मूर्त रुप दिनुपर्ने बताए । नेकपाकै भूमिश्वर ढकालले प्रदेशको महत्वलाई ध्यानमा राखेर नीति कार्यक्रम आएको उल्लेख गर्दै स्रोत र साधनको उचित प्रयोग गर्ने वातावरण तय भएको बताए । सोही दलका वसन्त घर्तीले नीति कार्यक्रम ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उठाउन प्रभावकारी रुपले आएको तर कार्यन्वयनमा चुनौती रहेको बताए । (रासस)

वि.सं.२०७५ जेठ २५ शुक्रवार १९:२२ मा प्रकाशित

Himalayan Life AD
धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको...

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

काठमाडौँ । जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दल र स्वतन्त्र...

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी...

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दञ्तमञ्जनसहित मुख...

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि...