back
CTIZAN AD

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

वि.सं.२०७५ जेठ ३१ बिहीवार

624 

shares

३१ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । मृतक बाबुसँगै रातभर रहेकी पाँच वर्षीया छोरी बिहान रोएको र चिच्याएको आवाज सुनेपछि छरछिमेकीले थाहा पाएका थिए । त्यसलगत्तै प्रहरीलाई घटनाबारे जानकारी भएको थियो ।

बिहान प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै फरार शर्मिलाको खोजी भइरहेको छ । घटना कसरी भयो भन्ने यकिन भइसकेको छैन ।

वि.सं.२०७५ जेठ ३१ बिहीवार १२:२७ मा प्रकाशित

Himalayan Life AD
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको...

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

गलकोट (बागलुङ) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल...

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी...

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन...