back
CTIZAN AD

१० लाख घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत पक्राउ

वि.सं.२०७३ असोज १७ सोमवार

1.3K 

shares

१७ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित आज पक्राउ गरेको छ ।apradhi

आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग दर्ता प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले आज अभियुक्त लामिछानेलाई बिजुली बजारको एक रेस्टुराँबाट पक्राउ गरेको हो । घुस रकम पु¥याउने शिक्षक अनिल पौडेललाई समेत पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

यस्तै आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु रामनरेश रायलाई रु १२ लाख २५ हजार घुससहित पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका वडा नं ६ का स्वबासीको जग्गा दर्ताका क्रममा प्रतिधुर रु १० हजारका दरले घुस लिँदालिँदै उनलाई थलामा नै पक्राउ गरिएको हो । अभियुक्त नासु रायले घुस लिँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आइतबार मलङ्गवा–१० पक्राउ गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस,

वि.सं.२०७३ असोज १७ सोमवार १३:२२ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...