Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

१० लाख घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत पक्राउ



१७ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित आज पक्राउ गरेको छ ।apradhi

आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग दर्ता प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले आज अभियुक्त लामिछानेलाई बिजुली बजारको एक रेस्टुराँबाट पक्राउ गरेको हो । घुस रकम पु¥याउने शिक्षक अनिल पौडेललाई समेत पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

यस्तै आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु रामनरेश रायलाई रु १२ लाख २५ हजार घुससहित पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका वडा नं ६ का स्वबासीको जग्गा दर्ताका क्रममा प्रतिधुर रु १० हजारका दरले घुस लिँदालिँदै उनलाई थलामा नै पक्राउ गरिएको हो । अभियुक्त नासु रायले घुस लिँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आइतबार मलङ्गवा–१० पक्राउ गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस,


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी