एशियााली पावर हाउस भने चिनिने जापानले मंगलबार साझ पौने ६ बजे कोलम्बियाको सामना गर्दै छ । एशियन राष्ट्रहरु मध्येको उत्कृष्ट मानिएको जापानले ल्याटिन अमेरिकन राष्ट्र कोलम्बियासँग खेल्दै विश्व फुटबलको कुम्भ मेलाको सुरुआत गर्दै छ । पछिल्ला विश्वकपहरुमा निरन्तर खेल्दै आएको जापानले एकनाशको प्रदर्शन गर्दै आएको छ । उता सन् २०१४ को विश्व कपमा क्वार्टरफाईनल सम्म यात्रा गरेको कोलम्बियन टिम पनि उत्कृष्ट लयमा छ । बार्यन म्युनिखबाट व्यवसायिक फुटबल खेल्ने हामेश रोड्रिग्वेज, मोनाको बाट व्यावसायिक फुटबल खेल्ने फाल्काओ, वार्सिलोनाका यारी मिना लगायतले पछिल्लो समय उत्कृृष्ट प्रदर्शन गर्दै आएका छन् ।
कोलम्बियाका अधिकांश खेलाडी युरोपका उत्कृष्ट लिगहरुमा खेल्दै आएका छन् । यस्तै एशियन अन्डर डग भनेर चिनिने जापानले समेत उत्कृष्ट नतिजा निकाल्ने क्षमता राख्दछ ।
विगत कसको पोल्टामा ?
जापान र कोलम्बियाले हालसम्म तीन खेल खेलेका छन् । जसमा २ खेल कोलम्बियाले जितेको छ भने एक खेल बराबरी भएको छ । जसमा कोलम्बियाले ५ गोल गरेको छ भने जापानले १ गोल गरेको छ ।
वि.सं.२०७५ असार ५ मंगलवार १४:३९ मा प्रकाशित