back

महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

वि.सं.२०७५ असार ७ बिहीवार

321 

shares

७ असार, भक्तपुर । सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा विहिबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ ।

होटलको उक्त कोठामा भक्तपुर नगरपालिका दरबारस्क्वायर बस्ने ३० वर्षीय जीवन तोयना श्रेष्ठ र दोलखा बोच गाउँपालिका–८ बस्ने २२ वर्षीया मुन्नी तामाङको शव मृतावस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।

होटलमा मंगलबार दुवै सँगै बस्न गएका श्रेष्ठको कोठाको एटेज बाथरुमभित्रको नुहाउने सावरमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो भने मुन्नी तामाङको शव खाटमा रगताम्य अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धान गर्ने क्रममा कोठाको खानतलासी गर्दा सिसाको टुक्रासमेत फेला परेकाले घटनाबारे आजैबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिनुभयो । बुधबार कोठामा गएको मान्छे विहिबार दिउँसो २ बजेसम्म पनि बाहिर ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटना हत्या हुनसक्ने आशंकामा अध्ययन तथा अनुसन्धान शुरु गरेको छ ।

वि.सं.२०७५ असार ७ बिहीवार ०९:३० मा प्रकाशित

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत...

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका...