७ असार, काठमाडौं । विद्यालयस्तरको खस्कदो सिकाइ उपलब्धिप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले सिकाइ सुधारका लागि विशेष अभियान सञ्चालन गर्न समेत सरकारसँग आग्रह गरेका हुन् ।
शिक्षा पत्रकार समूहले राजधानीमा आयोजना गरेर्को विद्यार्थीको कमजोर सिकाइ स्तर कसरी सुधार्र्ने ?’ विषय अन्तक्र्रियामा बोल्दै सरोकारवालाहरुले अब सरकारको ध्यान विशेष भर्ना अभियानबाट विद्यालय भित्राइएका बालबालिकालाई गुणस्तरीय शिक्षण सिकाइ गर्नेतर्फ हुनुपर्नेमा जोड दिए । शिक्षाविद प्राडा विद्यानाथ कोइरालाले कमजोर सिकाइ स्तरको दोष एक अर्कालाई लगाउन छाडेर संयुक्त रुपमा सिकाइ सुधारको पहल हुनुपर्ने बताए र्। अब शिक्षा विग्रियो भने तह लगाउने कसले ? प्रअ को जिम्मेवारी, कि स्थानीय तहको कि विव्यसको ? कसले गर्ने हो एउटा टुंगो लगाउनु पर्छ । कोइरालाले भने ।’ शिक्षकको योग्यताको आधारमा वर्गिकरण गरी उत्कृष्टलाई पुरस्कृत र सम्मानका साथै, कमजोर शिक्षकलाई तत्काल हटाउनुपर्नेमा उनको जोड थियो । विद्यार्थीको सिकाइ सुधारका लागि स्थानीय सरकारलाई क्रियाशील बनाउनु पर्ने साथै, उदार कक्षा नीतिको पुनर्मूल्यांकन गर्नुपर्नेमा उनको जोड थियो ।
शिक्षाविद् गंगाराम गौतमले विद्यालय तहदेखि विश्वविदालय तहसम्मकै सिकाइ उपलब्धि चिन्ताजनक देखिएको भन्दै त्यसको पहिलो जिम्मेवारी पढाउने शिक्षकले नै लिनुपर्ने बताए । आफुले एकपल्ट अनुगमन गर्दा विश्वविद्यालयका १०० जना अंग्रेजी अध्ययन गरिरहेका विद्यार्थी मध्ये ९० जनाको सिकाइ अवस्था कमजोर देखियो अनुभव सुनाउँदे गौतमले शिक्षकहरुले विद्यार्थीलाई ४५ सालकै शिक्षण सिकाइ गरिरहेको आरोप लगाए र्। अहिलेका विद्यार्थीलाई पनि ४५ सालकै कुरा पढाइने रहेछ । त्यतिबेला नोट गराइन्थ्यो अहिले पावर प्वाइन्टमा देखाइने रहेछ ।’ उनले भने र्– २० वर्ष अघिको समाजशास्त्रको प्रश्न पत्र र अहिले सोधिने प्रश्न पत्र एउटै छ । शिक्षक तयारी पार्नै सकेका छैनौ । विद्युतीय हाजिरीले यसमा सुधार आउंदैन ।’
सूर्यविनायक नगरपालिका भक्तपुरकी उपमेयर जुना बस्नेतले शिक्षकहरुलाई जिम्मेवार नबनाई सिकाइ सुधार नहुने भन्दै शिक्षकहरुलाई त्यसको लागि प्रोत्साहीत गर्नुपर्ने बताइन । शिक्षकले नचाहेसम्म सरकारले जेसुकै गरेपनि सिकाइ सुधार गर्न नसक्ने उनको भनाइ थियो । पूर्व शिक्षामन्त्री एवं नेकपाका शिक्षा विभाग प्रमुख गंगालाल तुलाधरले कमजोर सिकाइ सुधारका सम्बन्धमा एकअर्कालाई दोष लगाउनुभन्दा सवै आत्मआलोचित हुँदै आ–आफ्नो दायित्व पुरा गर्ने तर्फ जुट्नुपर्ने बताए ।
विश्वनिकेतन मावि काठमाडाकौं प्रअ हेरम्बराज कंडेलले सरकारले शिषामा पर्याप्त लगानी नगरेको र तल्लो तहभन्दा माथिल्लो तहमा बढी ध्यान दिएकाले सिकाइमा समस्या आएको बताए । टिके प्रथाबाट दिइने शिक्षकबाट शिक्षा नसुध्रिने उनको भनाइ थियो । तिलिंगाटार माविका प्रअ सरोज कुमार पाण्डेले अब भर्ना अभियानमा भन्दा सिकाइ उपलव्धी सुधारमा बढी ध्यान दिनुपर्ने बताए । अब शिक्षक छनौट गर्दा आयोगको परीक्षालाई मात्रै आधार मान्न नहुने शिक्षणसिकाइको प्रयोगात्मक कक्षा उत्तीर्ण भएकै उनीपर्नेमा पाण्डेको जोड थियो । शिक्षक दरवन्दी मिलानमा सुधारको शुरुवात गर्न सकिनेमा पाण्डेको जोड थियो ।
पञ्चकन्या आधारभूत विद्यालय बालुवाटारकी प्रअ विनिता रञ्जितले सिकाइ सुधारका लागि सरकारको मुख ताकेर बस्नुभन्दा विद्यालयहरु आफैले प्रयास गर्नुपर्ने बताइन । अबको पाँच वर्षमा विद्यालयको सिकाइ उपलब्धि यति बढाउछु भनेर लागियो भने असंभव केही नभएको उनको भनाइ थियो । कार्यक्रममा लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले मुलुकमा २१ प्रतिशत वर्ग गरिवीको रेखामुनी भएपनि फेल हुने प्रतिशत हेर्दा ८० माथि रहेकाले फेल बढी हुने र सिकाइ स्तर कम हुनुमा गरिवीलाई मात्र आधार मान्न नहुने बताए । संस्थागत विद्यालयमा सामुदायिकको ठीकउल्टो ९८ प्रतिशत शिक्षक तालिम प्राप्त नभएपनि राम्रो नतिजा दिइरहेका उनको दावी थियो । काठमाडौं महानगरपालिका शिक्षा विभागको प्रमुख प्रल्हाद अर्यालले विद्यालयहरु अंग्रेजीको पछि दौडदा नेपाली विग्रिएको साथै अंग्रेजी पनि नसुध्रेको बताए । महानगर सिकाइ सुधारको दीर्घकालीन योजना बनाएर अघि बढ्न खोजिरहेको उनको भनाइ थियो ।
शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सरकार भर्ना अभियानमा मात्रै केन्द्रित हुँदा सिकाइ सुधारमा खासै केन्द्रित हुन नसकेको स्वीकार गर्दै दोस्रो चरणको भर्ना अभियान पश्चात् सिकाइ सुधारका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख गरे । केही विद्यालयहरुले आफ्नै पहलमा सुधार गरेपनि धेरै जसोका सिकाइ कमजोर रहेकाले अब भर्ना अभियानलाई विद्यार्थी टिकाइ र सिकाइ अभियानमा रुपान्तरण गर्ने तयारी भइरहेको पौडेलले बताए । राम्रा गर्ने शिक्षकहरुको अनुभव अनुसार नै अबको शैक्षिक रणनीति अघि बढाउन विभाग सकारात्मक रहेको उनको भनाइ थियो ।
शिक्षा मन्त्रालयका सचिव खगराज बरालले सरकारले २०३९ देखि शुरु गरेको सिकाइमा सुधार, पहुँचमा सुधार, क्षमता विकास गर्ने नारा २०७५ सालमा पनि केही नबदलिएको दुखेसो गरे । भाषा सजिलो बनाउँन खोज्दा विद्वानहरुले नदिएपछि सिकाइ घट्ने नै भयो भन्दै बरालले शिक्षकले मिहिनेतका साथ राम्रो पढाइदिने हो भने रुखमुनी पढाएपनि उपलब्धि बढ्ने जिकिर गरे । कमजोर शिक्षकका कारण सिकाइ कमजोर बनेको भन्दै बरालले सक्षम शिक्षक उत्पादन र विकासमा सरकार लाग्ने बताए ।
कार्यक्रममा सिकाइ समुहकी अध्यक्ष रोश्ना सुब्बाले निरन्तर घटिरहेको सिकाइस्तर र धनुषा जिल्लाको अध्ययन सामाग्री प्रस्तुत गरेकी थिइन् । त्यस्तै आसमान नेपालकको तर्फबाट राधा कोइरालाले धनुषाको सिकाइसम्बन्धी वृत्तचित्र प्रस्तुत गरेकी थिइन । कार्यक्रममा सिकाइ समुहका पूर्व अध्यक्ष सूदर्शन घिमिरेले सहजीकरण गरेका थिए ।
वि.सं.२०७५ असार ७ बिहीवार १०:५२ मा प्रकाशित