back

निष्क्रिय पत्रकारको सदस्यता नवीकरण गर्न सिफारिस नगर्ने

वि.सं.२०७५ असार ९ शनिवार

345 

shares
GLOBAL IME AD
NTC AD

९ असार, बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ ।

दुई वर्षभन्दा बढी समयदेखि विदेशमा रहेका सदस्यको पनि जिल्लामा सदस्यता नरहने शाखाले जनाएको छ । महासंघ प्रदेश समितिको निर्देशनअनुसार सदस्यता शुद्धीकरण अभियान थालिएको शाखा अध्यक्ष दिल शिरीषले बताए ।

शाखामा हाल आबद्ध रहेका १८१ सदस्यमध्ये बढीमा ३५ जना पत्रकारमात्र सक्रिय छन् । वर्षौंदेखि पत्रकारितामा नरहे पनि वार्षिक शुल्क बुझाएकै भरमा सदस्यता नवीकरण हुने गरेको छ । सदस्यता लिनेमा राजनीतिक दलका नेतादेखि व्यवसायीसम्म छन् । “पत्रकारितामा निष्क्रिय सदस्यलाई सक्रिय बनाउन पहल गर्छौं”, अध्यक्ष शिरीषले भने “क्रियाशीलता नदेखिएमा सदस्यता नवीकरण हुन्न ।”

जिल्ला शाखाअन्तर्गत रही सदस्य लिने पत्रकारको न्यूनतमरुपमा भए पनि समाचार या अखबारी लेखन नियमित हुनुपर्ने जनाइएको छ । पत्रकारिता पेशालाई जिम्मेवार र मर्यादित बनाउन सदस्यता शुद्धीकरण गर्नु परेको शाखा सचिव राम थापाले बताए ।

महासंघ केन्द्रले पनि सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा कडाइ गर्ने नीति अख्तियार गरेको छ । मुलुकभर महासंघका साधारण सदस्य हजारौँको संख्यामा रहे पनि कममात्र सक्रिय पत्रकारितामा छन् । निष्क्रिय सदस्यहरु महासंघको नेतृत्व फेर्ने चुनावमा मतदाताको भूमिकामा मात्र सीमित छन्न् । महासंघको प्रदेश नं ४ समितिको पहिलो बैठकले पनि सदस्यता शुद्धीकरण गर्ने निर्णय गरेको थियो ।
जिल्ला शाखाबाट गएको सिफारिसकै आधारमा महासंघ केन्द्रले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने गरेको छ ।

वि.सं.२०७५ असार ९ शनिवार ०९:३९ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...