back

कृषिबाटै मासिक ४ लाख आम्दानी गर्छन् लाल हरिजन

वि.सं.२०७५ असार ९ शनिवार

309 

shares
GLOBAL IME AD
NTC AD

नेपाललाई कृषि प्रधान देश भनिन्छ । यहाँ कृषि क्षेत्रमा सम्भावनाहरू पनि धेरै छन् । तर, देशका बलिया पाखुरालाई बैदेशिक रोजगारमा जान बाध्य बनाएर भएका पाखापखेरा बन्जर बनाउनु हाम्रो देशको बिडम्वना बनेको छ । तर, पनि देशका विभिन्न ठाउँमा देशलाई कृषिप्रधान बनाएर उत्पादनमा आत्मनिर्भर बनाउनु पर्छ भन्ने सोँच बोकेर केही अभियन्ताहरू भने लागिपरेका छन् ।
विशेष गरी युवा पुस्तालाई कृषिमा आकर्षण गराउनु पर्छ र यसलाई सम्मानित पेशा बनाउनुपर्छ भन्ने सोँचेर व्यवसायिक कृषि पेशामा लागेका छन्, बाग्लुङ नगरपालिका १३ पाउजाका ४२ वर्षीय लाल हरिजन । झण्डै ४५ लाख लगानी सहित १५ रोपनी जग्गामा उच्च प्रविधि अपनाएर तरकारी खेती, च्याउखेती, केराखेती कुखुरापालन, माछापालन लगायतका क्षेत्रमा काम गरिरहेका छन्, लाल हरिजन । उनले आफ्नै देशमा पौरख गरेर मासिक ४ लाख आम्दानी गरेको बताउँछन् ।उनै किसान अभियन्ता लाल हरिजनसँग ऐक्यबद्धताले गरेको कुराकानी  :

यो पेशामा लागेर धेरैले घाटामा छौं भनेको सुनिन्छ तपाई त फाइदामा हुनुहुँदो रहेछ नि ?
कुनैपनि पेशामा नाफा र घाटा भन्ने कुरो त्यसको व्यवस्थापन, व्यवसायिक ज्ञान र लगानीमा निर्भर रहन्छ । यदि यी कुराहरूको ख्याल गरिएन भने जुनसुकै पेशामा पनि घाटा हुन्छ । उदाहरणका लागि एउटा दुई रुपैयाँको काउलीको विरुवाबाट उत्पादन गरी ४०-५० रुपैयाँ केजीमा बिक्रि गर्दा पनि घाटा भयो भने त्यो थोरै लगानी गरेर धेरै प्रतिफलको आसा गर्नु हो ।

तपाईको फार्मको उत्पादन सबै अग्र्यानिक हो ?
सबै अग्र्यानिक होइनन् । ४ वटा ग्रीन हाउस छन् । त्यसभित्रका सबै अग्र्यानिक हुन् ।

उत्पादनले बजार पाएको छ, कसरी व्यवस्थापन गर्नुभएको छ ?
उत्पादनले राम्रो बजार पाएको छ । आफ्नै फर्ममा एउटा बिक्रि कक्ष पनि रहेको छ । त्यहाँबाट बिक्रि भएका बाहेक कुश्मा बजारमा रहेको बिक्रि केन्द्र तथा विभिन्न बोर्डिङ स्कुलको होस्टेल तथा अन्य बजारमा पनि पठाइएको हुँदा मैले बिक्रिको लागि समस्या भोग्नु परेको छैन ।

तरकारी खेतीमा लाग्दाका अवसर अनि अबरोधहरू के कस्ता पाउनु भएको छ ?
तरकारी खेतीमा लाग्दा चुनौती भन्दा अवसर नै बढी देख्छु मैले । किनभने तरकारी यस्तो चीज हो जुन धनी गरिब, जो कोहीले पनि साँझ बिहान आफ्नो आवश्कतालाई पूर्ति गर्न प्रयोग नगरी नहुने हुँदा यो गाँस, बास र कपास जत्ति कै आवश्यक छ । त्यसकारण यस व्यवसायमा लाग्दा अवसर राम्रो छ । साथै यो व्यवसायमा लाग्दा बीउ समयमा उपलब्ध नहुनु, रोग तथा किराको प्रकोप निवारणका लागि उचित औषधिहरू उपलब्ध नहुनाले केही मात्रामा चुनौतीको सामना गर्नु परेको मैले महसुस गरेको छु । अर्को कुरा भारततर्फको खुल्ला सीमाको कारण भारतले सस्तो मुल्यमा तरकारी नेपाली बजारमा पठाउँदा हाम्रो तरकारीलाई बजारमा प्रतिस्पर्धा गर्न गा¥हो भइरहेको छ ।


नयाँ पुस्तालाई कृषिमा आकर्षण गराउनका लागि समाज, स्थानीय सरकार र केन्द्र सरकारले कस्तो कदम चाल्नु पर्ला ?
नयाँ पुस्तालाई कृषि पेशामा आकर्षण गराउनका लागि अहिलेको जेनरेशन माटोसँग खेल्न मन नपराउने हुँदा कृषि क्षेत्रमा उच्च प्रविधिहरू भित्र्याउँदै नयाँ नयाँ प्रविधिको विकास गर्न सकियो र सोहि अनुसार टेक्नोलोजी सम्बन्धी ज्ञान दिन सकियो भने यो पेशामा युवाहरूको आकर्षण बढाउन सकिन्छ ।

आगामी योजनाहरू के के छन् तथा परिवारको सहयोग पाउनु भएको छ ?
आगामी योजना कृषिलाई सम्मानित पेशाका रुपमा विकास गर्दै लैजाने र अबको पिंढीलाई कृषि सम्बन्धी प्रविधि हस्तान्तरण गर्ने र नमुना कृषि फारम भाग १ बाट भाग २ बनाउँदै यस क्षेत्रको बिस्तार गर्ने रहेको छ । परिवारको पूर्ण सहयोग रहेको छ । उनीहरूको सहयोग बिना यो ठाउँमा पुग्न सम्भव थिएन ।


देशको आर्थिक समृद्धिमा कृषिको महत्वपूर्ण योगदान हुन सक्छ भन्छन् नी यहाँको विचारमा कस्तो लाग्छ ?
वास्तवमा मानव जीवनमा बिहान उठेपछि साँझ बिस्तरामा सुत्नका लागि आवश्यक पर्ने सबै सामाग्रीहरू सबै कृषिका उपज हुन् । खानेकुरा देखि लगाउने, ओढ्ने, ओछ्याउने, समेत सबै कृषि पेशामा आधारित रहेको र नेपाली भू–भाग भौगोलिकताका कारणले अति विकट रहेकाले यहाँ ठूला–ठूला उद्योग कल कारखाना सञ्चालन गर्नुभन्दा कृषि खेती गर्न सहज देखिन्छ । हामीले साँझ बिहान खाने तरकारी अहिलेकै तथ्याङ्क अनुसार ७५ प्रतिशत बाहिरी मुलुकबाट आउँछ । नेपालमा कृषि क्षेत्रमा लगानी बढाएर बाहिरबाट आयात हुने तरकारी नेपालमै उत्पादन गर्न सकियो भने कृषिमा ठूलो परिवर्तन हुनेछ ।

अन्त्यमा हामी जहाँ रहेपनि स्वस्थ्य रहनका लागि अग्र्यानिक कृषि खेतीमा लागौँ । कृषिपेशालाई माया र सम्मान गरौँ अनि स्वस्थ्य जीवनयापन गरौँ ।

प्रस्तुति : चन्दा थापा

वि.सं.२०७५ असार ९ शनिवार १०:३७ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका...

सुदूरपश्चिममा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

सुदूरपश्चिममा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको...

व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गर्दै कृषि कार्यालयल

व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गर्दै कृषि कार्यालयल

नारायणगढ (चितवन) । आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला...

हलगोरु पाल्ने १८ जना किसानलाई सम्मान

हलगोरु पाल्ने १८ जना किसानलाई सम्मान

अर्घाखाँची । यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई...