back

दसैँ नजिकिँदै गर्दा कालोबजारी बढ्यो

वि.सं.२०७३ असोज १८ मंगलवार

210 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१८ असोज,गाईघाट (उदयपुर)। दसैँ नजिकिँदै गर्दा जिल्लाको ग्रामीण भेगमा स्थानीय व्यापारीले उपभोक्ता ठग्न थालेका छन् ।

घुर्मी, बेतिनी, साउने, खाँबु, रौता सल्ले, फोक्सिङ्टार र मुर्कुर्ची क्षेत्रमा व्यापारीको कालोबजारी गरेका स्थानीयले गुनासो गरेका छन् । व्यापारीले म्याद नाघेको अखाद्य वस्तु बिक्री गरेर उपभोक्ता ठग्ने गरेको पोखरी सल्लेका डम्बर कार्कीले आरोप लगाउनुभयो ।

सो क्षेत्रका व्यापारीले मैदा, आँटा, मसला, दाल, खानेतेल, पापडलगायतका उपभोग्य वस्तु सडेको र म्याद नाघेका बिक्री गर्ने गरेका छन् । बजार अनुगमन हुन नसक्दा व्यापारीले म्याद नाघेका अखाद्य वस्तु बिक्री गरेर कालोबजारी गर्ने गरेका आँपटार कालिमाटीका सिद्धबहादुर राईले बताउनुभयो ।

कटारी र बेतेनी बजार क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्यमा करिब ४० प्रतिशतभन्दा बढी महँगी बढेको उपभोक्ताको आरोप छ । जिल्लाको पहाडी क्षेत्रको घुर्मी बजार क्षेत्रमा धेरै उपभोग्य वस्तुमध्ये कम्पनीको ब्रान्डको गुणस्तर चिह्न नभएका कृत्रिम वस्तुसमेत बिक्री भइरहेको स्थानीय उपभोक्ता कविता खड्काले बताउनुभयो । पहाडी क्षेत्रका व्यापारिक केन्द्रमा बजार अनुगमन नहुँदा व्यापारीले कालोबजारी गरेर उपभोक्ता ठग्न थालेका छन् । रासस

वि.सं.२०७३ असोज १८ मंगलवार ०९:२९ मा प्रकाशित

हुण्डी कारोबारको अभियोगमा विदेशी नागरिक पक्राउ

हुण्डी कारोबारको अभियोगमा विदेशी नागरिक पक्राउ

काठमाडौँ । अवैधरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक...

कोदालो प्रहार गरी श्रीमतीको हत्या

कोदालो प्रहार गरी श्रीमतीको हत्या

कमलामाई (सिन्धुली) । सिन्धुलीमा श्रीमानले कोदालो प्रहार गरेर श्रीमतीको हत्या...

सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री ‘प्रचण्ड’

सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन सरकारको उच्च...

‘विकासका साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर छ’

‘विकासका साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर छ’

काठमाडौँ । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले नेपाल सरकार र...

विधायन समितिमा सम्पत्ति शुद्धीकरण विधेयकमा गहन छलफल

विधायन समितिमा सम्पत्ति शुद्धीकरण विधेयकमा गहन छलफल

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा सम्पत्ति शुद्धीकरण...

खतिवडामाथि कुटपिट आरोपमा शर्मिला वाइबा पक्राउ

खतिवडामाथि कुटपिट आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौँ । कमेडीयन तथा कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट...