जापानमा एक नेपाली युवाको मृत्यु भएको छ । जापानको गुन्माकेनमा कार्यरत सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं ६ का २५ वर्षे सुरज थापाको मृत्यु भएको हो ।
गुन्माकेनमा रहेको मोटर्स पार्टस् बनाउने कम्पनीमा कार्यरत रहेका उनको २३ जुन (९ असार) का दिन सुतेकै अवस्थामा मृत भेटिएको नेपाली साझा समाज जापानले जनाएको छ ।
समाजका अनुसार अघिल्लो दिन बेलुका कम्पनीबाट काम सकेर कोठामा आएर सुतेका उनी बिहान काममा नपुगेपछि फोन सम्पर्क गरिएको र फोन पनि नउठेपछि साथीलाई सम्पर्क गरेर कोठामा पुगेर हेर्दा मृत भेटिएको बताइएको छ ।
इसेसाकी प्रहरीबाट समाजका पदाधिकारीलाई खबर प्राप्त भएको र प्रहरीसँगै समन्यव तथा सहयोगको लागि नेपाली साझा समाज जापानका पदाधिकारीले प्रहरी कार्यालयमा बुझ्ने काम भएको बताइएको छ ।
गुन्माकेन इसेसाकी सिटीमा बस्दै आएका थापाले भोकेसनल स्कुल सकेर हालैमात्र वर्किङ भिसामा काम गरिरहेको बताइएको छ ।
वि.सं.२०७५ असार १० आइतवार १३:५६ मा प्रकाशित