back

नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा शुरु

वि.सं.२०७५ असार १० आइतवार

306 

shares
GLOBAL IME AD
NTC AD

१० असार, नेपालगञ्ज । ‘नेपालगञ्ज नेपालको पर्यटकीय द्वार : शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मूल आधार’ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा आजदेखि शुरु भएको छ ।

नगरसभामा उपमहानगर प्रमुख डा धवलशम्शेर राणाले आर्थिक वर्ष २०७५\७६ को नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले आव २०७५\७६ को प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।

नगर प्रमुख डा राणाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरको भौतिक पूर्वाधार निर्माण, भवन संहिता र मापदण्ड, कृषि, पशुपालन उद्योग तथा आर्थिक विकास, स्वास्थ्य, शिक्षा तथा खेलकूद, पर्यटन, सूचना प्रविधि तथा सञ्चार, विपत् व्यवस्थापन तथा वातावरण संरक्षण, सामाजिक विकास र सुशासन गरी ११ विषय समेटिएका छन् ।

उपप्रमुख उमा थापा मगरले बैठकमा आगामी आव २०७५÷७६ का लागि रु दुई अर्ब ४३ करोड दुई लाख ६३ हजारको अनुमानित आय–ब्यय विवरण प्रस्तुत गरेकी थिइन् ।

बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम र प्रस्तावित बजेटमाथि अहिले छलफल चलिरहेको उपप्रमुख थापाले बताए ।

वि.सं.२०७५ असार १० आइतवार १४:४६ मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

काठमाडौँ । नेकपा एमाले विहादी गाउँपालिकाको अध्यक्षमा दुर्गाप्रसाद भुसाल सर्वसम्मतले...

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार...

कांग्रेस नेतृ आचार्यको निधन

कांग्रेस नेतृ आचार्यको निधन

दमौली (तनहुँ) । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको...