back
CTIZAN AD

नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा शुरु

वि.सं.२०७५ असार १० आइतवार

534 

shares

१० असार, नेपालगञ्ज । ‘नेपालगञ्ज नेपालको पर्यटकीय द्वार : शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मूल आधार’ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा आजदेखि शुरु भएको छ ।

नगरसभामा उपमहानगर प्रमुख डा धवलशम्शेर राणाले आर्थिक वर्ष २०७५\७६ को नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले आव २०७५\७६ को प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।

नगर प्रमुख डा राणाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरको भौतिक पूर्वाधार निर्माण, भवन संहिता र मापदण्ड, कृषि, पशुपालन उद्योग तथा आर्थिक विकास, स्वास्थ्य, शिक्षा तथा खेलकूद, पर्यटन, सूचना प्रविधि तथा सञ्चार, विपत् व्यवस्थापन तथा वातावरण संरक्षण, सामाजिक विकास र सुशासन गरी ११ विषय समेटिएका छन् ।

उपप्रमुख उमा थापा मगरले बैठकमा आगामी आव २०७५÷७६ का लागि रु दुई अर्ब ४३ करोड दुई लाख ६३ हजारको अनुमानित आय–ब्यय विवरण प्रस्तुत गरेकी थिइन् ।

बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम र प्रस्तावित बजेटमाथि अहिले छलफल चलिरहेको उपप्रमुख थापाले बताए ।

वि.सं.२०७५ असार १० आइतवार १४:४६ मा प्रकाशित

Himalayan Life AD
वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

काठमाडाैँ । वहाकी माध्यमिक विद्यालय, विहादी गाउँपालिका–४, पर्वतले आफ्नो ६७औँ...

स्वास्थ्य परीक्षाणका नाममा बाग्मती प्रदेश सरकारको अशुली धन्दा

स्वास्थ्य परीक्षाणका नाममा बाग्मती प्रदेश सरकारको अशुली धन्दा

काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक खरिद ऐन र नियमावली...

पर्वतमा आठवर्षमा २१ मोटरवेल पुल निर्माण 

पर्वतमा आठवर्षमा २१ मोटरवेल पुल निर्माण 

पर्वत । पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल...

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण...

ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत नेपालले...

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

वीरगन्ज (पर्सा) । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल...