
एसएमई व्यवसाय परिणाममुखी बन्न नसक्दा यस क्षेत्रमा रोजगारीको ठुलो सम्भावना रहेपनि वेरोजगारको समस्या बढ्दै गएको छ ।
साना तथा मझौला व्यवसायमा रोजगारीको प्रशस्त सम्भावना रहेपनि सुचना तथा ज्ञानको अभावमा एसएमई व्यवसाय परिणाममुखी बन्न नसकेको हो । नेपाल ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले एसएमई व्यवसाय परिणाममुखी बन्न नसक्दा यस्ता व्यवसायमा युवाहरुको आकर्षण बढ्न नसकेको धारणा राखे । ग्रील तथा स्टील व्यवसायी संघ कमलपोखरी ईकाईको साधरण सभालाई सम्बोधन गर्दै अध्यक्ष कटुवालले ग्रील तथा स्टील व्यवसायमा जनशक्तिको अभाव प्रमुख समस्या बन्दै गएको बताए । अध्यक्ष कटुवालले ग्रील तथा स्टील जन्य उद्योगमा जनशक्तिको अभावमा भारत, पाकिस्तान बंगलादेश लगायतका मूलुकबाट कामदार ल्याउनु पर्ने बाध्यता रहेको सुनाए । उनले अझै पनि ग्रील व्यवसायले ५० हजार थप जनशक्तिलाई रोजगार दिन सक्ने जानकारी दिए ।
यसै गरि ग्रील तथा स्टील व्यवसाय संघ ३५ ईकाईलाई सम्बोधन गर्दै अध्यक्ष कटुवालले ११ अनियन्त्रित मूल्य वृद्धिको कारण यस ग्रील तथा स्टील व्यवसाय समस्यामा परेको गुनासो गरे । अध्यक्ष कटुवालले बैंकहरुले गाडी किन्न लोन दिने तर व्यवसाय गर्न लोन नदिने कारणले पनि यस व्यवसायमा युवाहरु अपेक्षित रुपमा आउन नसकेको टिप्पणी गरे ।
हाल ग्रील तथा स्टील व्यवसायमा ११ हजार संलग्न छन् । यस व्यवसायमा डेढ लाख भन्दा धेरैले रोजगारी पाएका छन् भने वर्षेनि ४० अर्ब भन्दा धेरैको कारोबार हुने गरेको छ ।
वि.सं.२०७५ असार १० आइतवार १५:५४ मा प्रकाशित