back

धानमा आत्मनिर्भर हुनका लागि इरी र मन्त्रालयबीच सम्झौता

वि.सं.२०७५ असार ११ सोमवार

288 

shares
GLOBAL IME AD
NTC AD
११ असार, काठमाडौँ । नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ ।

आगामी पाँच वर्षका लागि भएको सो सम्झौता पत्रमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र इरीका महानिर्देशक म्याथ्यु मोलले आज यहाँ हस्ताक्षर गरे ।

नेपालको प्रमुख खाद्यान्नबाली धान हो । हाल प्रतिवर्ष नेपालीका लागि ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । गत वर्ष पुग्नपुग ४३ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।

सो अवसरमा मन्त्री खनालले नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले नयाँ जातको पहिचान र सिफारिश, माटोको उर्वराशक्तिमा बढोत्तरी कायम गर्ने, रोग तथा किराको रोकथाम, उत्पादकत्व वृद्धिको उपाय र पहिचान तथा सीप र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले सो सम्झौता भएकोे जानकारी दिए ।

इरीले सुक्खा र डुबान सहन सक्ने धानका जातको विकास गरी नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) मार्फत किसानकहाँ पु¥याउने लक्ष्य लिएको छ ।

अहिलेसम्म इरीले ८२ नयाँ जातका धानका बीउको आविश्कार गरेमध्ये ५० थरीका बीउ इरीबाट प्राप्त भएका छन् । इरीको प्रधान कार्यालय फिलिपिन्सको राजधानी मनिलामा रहेको छ । नेपालमा इरीलाई नार्कले सहयोग पु¥याउँदै आएको छ ।

सम्झौताअनुसार इरीले नेपालमा कार्यरत वैज्ञानिक, कृषिमा संलग्न प्राविधिकको क्षमता अभिवृद्धि गर्न अल्पकालीन तालीम तथा नीति निर्माणमा संलग्न व्यक्तिलाई अवलोकन भ्रमण पनि प्रदान गर्ने छ ।

इरीको सहयोगमा हालसम्म ५२ जनाले पिएचडी, ४७ जनाले मास्टर्स डिग्री, १० जनाले अन द जब तालीम र २२८ जनाले छोटो अवधिको तालीम हासिल गरिसकेका छन् ।

आज भएको सम्झौताका बुँदा १६ रहेका छन् । नेपाल सरकार र इरिबीच सन् १९६६ देखि सहकार्य हुँदै आएको छ । सन् २००५ मा इरिले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको थियो ।

नेपालस्थित इरीको कार्यालय सञ्चालनका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) परिसरमा मन्त्रालयले निःशुल्क कार्यालय उपलब्ध गराएको छ ।

पछिल्लोपटक नेपालमा धानखेती गर्ने जमिन खण्डिकरण भई धमाधम घडेरीकरणमा रुपान्तरण हुन थालेका छन् । नेपालको कूल खेतीयोग्य जमिनमध्ये सरदर १३ लाख हेक्टर जमीनमा धान खेती हुन्छ । नेपालको कूल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर रहेको छ । (रासस)

वि.सं.२०७५ असार ११ सोमवार २०:२५ मा प्रकाशित

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जामा रुपान्तरण

हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जामा रुपान्तरण

काठमाडौँ । हरित अर्थतन्त्र भन्नेबित्तिकै वातावरणीय दिगोपनलाई प्राथमिकता दिने आर्थिक...

‘राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँ’

‘राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँ’

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा...

फागुन १३ देखि १७ सम्म तामेकोट समिट हुने

फागुन १३ देखि १७ सम्म तामेकोट समिट हुने

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका-५, मा हुने तामेकोट समिट २०८१को...

नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा राजस्व घट्यो

नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा राजस्व घट्यो

घोराही (दाङ) । कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ...