back

बर्दियामा १७६ वटा लैंगिक हिंसासम्बन्धी घटना

वि.सं.२०७५ असार १२ मंगलवार

450 

shares

१२ असार, बर्दिया । ओरेक नेपाल बर्दियाले छ महिनामा भए गरेका जिल्लाका १७६ वटा लैंगिक हिंसासम्बन्धी घटना सार्वजनिक गरेको छ ।

बर्दिया जिल्लामा रहेका विभिन्न गैरसरकारी संघ संंस्थाले विभिन्न क्षेत्रमा काम गरिरहेका अवस्थामा दुई वर्षदेखि बर्दिया जिल्लामा लैंगिक हिंसाविरुद्ध सक्रियरुपमा काम गर्दै आइरहेका ओरेक नेपाल नामक संस्थाले यस्तो प्रतिवेदन सोमबार सार्वजनिक गरेको हो ।

ओरेक नेपाल बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका पैरवी सञ्जाल परियोजनाअन्तर्गत लैंगिक हिंसा तथा हानिकारक परम्परागत अभ्याससम्बन्धी सञ्चारकर्मीसँग छलफल कार्यक्रममा सो जानकारी दिइएको हो ।

सन् २०१८ जनवरीदेखि जुनसम्मका ती घटना सार्वजनिक भएको हो । घरेलु हिंसामा कुटपिट घरनिकाला बेवास्ता गाली गलौजका १११ वटा घटनामध्ये ८५ वटा घटनामा पुनःस्थापना गरिएको ओरेक नेपाल बर्दियाकी संयोजक शर्मिला निरौलाले बताए ।

बर्दिया जिल्लामा छ महिनाको अवधिमा जबर्जस्ती करणीका सात वटा घटना घटेका छन् जसमा बालिका १४ वर्षमुनिको तीन जना, पाँच वर्षमुनिको एक जना महिला दुई जना र ७५ वर्षको एक जना रहेको जनाइएको छ । कतिपय घटना गाउँ समाजमै मिलाउने गरेको, कानूनका बारेमा अनभिज्ञ रहेको एवं आफ्नो घटना खुलाउन नचाहने हुँदा पनि अपराधीले झन् प्रश्रय पाउने गरेको जानकारी दिइयो ।

छ महिनाको अन्तरालमा जिल्लामा १७६ वटा घटना हुनु भनेको निक्कै चिन्ताजनक र गम्भीर समास्याको रुपमा रहेको हुँदा यसमा सबै पक्ष दरिलो भई अपराधीलाई कानूनी दायरामा ल्याई कानूनी सजाय दिन जरुरी रहेकोमा सहभागीले जोड दिएका थिए ।

जिल्ला संयोजक निरौलाले यौन दुव्र्यहारका ११ वटा, वैदेशिक रोजगारीमा बेचबिखनका दुईवटा, वैवाहिक बलात्कार पाँच वटामध्ये एउट दर्ता भएको, बालविवाहका ३६ वटा, सामाजिक सञ्जालमार्फत भएका हिंसा दुईवटा र अवैध गर्भधारणका दुईवटा घटना भएको बताए । रासस

वि.सं.२०७५ असार १२ मंगलवार ०९:०२ मा प्रकाशित

Himalayan Life AD
एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...