back

बाँदर आतंकले आँपटारका किसान हैरान

वि.सं.२०७५ असार १२ मंगलवार

339 

shares
GLOBAL IME AD
NTC AD

१२ असार, गाईघाट, उदयपुर । खेतबारीमा लगाएको मकैबाली फल लागेर खाने समय हुन लागेपछि जंगलबाट बाँदर पसेर नष्ट गर्न थालेका कारण यतिखेर उदयपुर जिल्लाको रौतामाई गाउँपालिका आँपटारका कृषक बाँदरदेखि आतंकित बन्न पुगेका छन् ।

आँपटारको कुर्लेटार, कालीमाटी, कदीमा गाउँ क्षेत्रमा लगाएको मकैबाली जंगलबाट ठूलो संख्यामा दैनिक बिहान, दिउँसो र बेलुकी बाँदर प्रवेश गरेर नष्ट गर्न लागेको कालीमाटीका कृषक भुपेन्द्रध्वज राईले बताए ।

राईका अनुसार एक हप्तादेखि बाँदरले गाउँको मकै बालीमा ठूलो क्षति पु¥याएको र बाँदर खेतबारीदेखि घरघरसम्म नै आउन थालेको राईले बताए । कुर्लेटार क्षेत्रमा पनि केही दिन यतादेखि बाँदरले खेतबारीमा लगाएको मकैबाली नष्ट गर्न थालेपछि घरघरका परिवार र नानीहरुसहित रातदिन खेतबारीमा नै मकैबाली रुँगेर समय बिताउनु परेको स्थानीय रत्नबहादुर कटुवालले बताए ।

बाँदरले अतिनै दुःख दिने र मकैबाली नष्ट गर्न थालेपछि विद्यालय जाने नानीसमेत विद्यालय नगएर दिनभरि मकैबाली रुँग्न बाध्य हुनु परेको कटुवालले बताए ।

एक हप्ताभित्र झण्डै ४० रोपनी क्षेत्रफलको मकैबाली बाँदरले नष्ट गरेको समेत कटुवालले बताए ।

वि.सं.२०७५ असार १२ मंगलवार ०९:१२ मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

काठमाडौँ । नेकपा एमाले विहादी गाउँपालिकाको अध्यक्षमा दुर्गाप्रसाद भुसाल सर्वसम्मतले...

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार...

कांग्रेस नेतृ आचार्यको निधन

कांग्रेस नेतृ आचार्यको निधन

दमौली (तनहुँ) । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको...