back

राष्ट्रियसभाः विधेयक पारित

वि.सं.२०७५ असार १८ सोमवार

264 

shares
GLOBAL IME AD
NTC AD

 

१८ असार, काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सो विधेयक पारितका लागि बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । सभाको आइतबारको पहिलो बैठकमा सो विधेयक पारित भएको हो ।

आइतबारको दोस्रो बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेकोे ‘विनियोजन विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाको आइतबारको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७५’ सहित तीन विधेयक प्रस्तुत भएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५’, कानूनमन्त्री तामाङले ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५’ प्रस्तुत गरेका थिए । यी विधेयकमा संशोधनका लागि सोमबार १२ बजेसम्मको लागि समय दिइएको छ । ती विधेयकमा संशोधनका लागि दिइने समय छोट्याउन बैठकमा अध्यक्ष गणेश तिमसिल्नाले राखेको नियम निलम्बनको प्रस्ताव बैठकले पारित गरेको थियो ।

पहिलो बैठकमा सभामा सचिव राजेन्द्र फुयाँलले ती विधेयक टेबुल गरेका थिए । सभाको अर्काे बैठक यही असार १८ गते सोमबार मध्याह्न १२ बजे बस्नेछ । (रासस)

वि.सं.२०७५ असार १८ सोमवार ०८:४६ मा प्रकाशित

गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय...

विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने तयारीमा पालिका

विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने तयारीमा पालिका

गोलबजार (सिरहा) । सप्तरीको बलान–बिहुल गाउँपालिकाले मातहतका विद्यालयमा स्थानीय पाठ्यक्रम...

दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

लुम्बिनी । नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा...

जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै

जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै

काठमाडौँ । पछिल्लो समय विश्वमै सबैको चासोको विषय बन्दै गएको...

कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन

कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन

ढोरपाटन (बागलुङ) । भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको...

कोशी प्रदेशसभा बैठक बस्दै

कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे...