back

स्वस्थानीमा विद्यावारिधि गर्ने जेसिकाको सम्मान

वि.सं.२०७५ असार १८ सोमवार

450 

shares
GLOBAL IME AD
NTC AD

 

१८ असार, काठमाडौँ । वैदिक सनातन धर्मका १८ पुराणमध्येको स्कन्दबाट लिइएको स्वस्थानी व्रत कथाका विषयमा विद्यावारिधि शोध गरी पुस्तक प्रकाशन गरेकी जेसिका भान्टाईन बीर्केन्होल्ट्जलाई आइतबार यहाँ सम्मान गरियो ।

माघ महिनामा नेपालीले घरघरमा वाचन गर्ने स्वस्थानी व्रतकथाका बारेमा उनले समालोचनात्मक कोणले तयार पारेकोे शोधपत्रलाई पुस्तकका रूपमा प्रकाशन गरेका हुन् । पुस्तक अक्सफोर्ड विश्वविद्यालय प्रेसले छापेको हो । शालीनदीमा एक महिनासम्म लाग्ने मेलाका बारेमा समेत पुस्तकमा उल्लेख गरी साँखुलाई विश्वमा चिनाएको भन्दै जेसिकालाई शंखरापुर नगरपालिकाले सम्मान गरेको हो ।

उनले २२ वर्ष अघि स्वस्थानी व्रतकथाका विषयमा शोध शुरु गरेका थिए । पाँच वर्षअघि यही शोधका कारण जेसिकाले विद्यावारिधि उपाधि पाएकि थिइन् ।

विद्यावारिधि शोधका लागि उनले पाँचपटक नेपाल आएर एक वर्षभन्दा बढी समय बिताइन् । स्वस्थानी व्रतकथाका बारेमा अन्य देशबाट प्रकाशन भएका किताबका बारेमा समेत जेसिकाले पुस्तकमा उल्लेख गरेकी छिन् । रिसाइटिङ द गडेस (देवीको प्रार्थना) नामक उक्त पुस्तक दुई वर्ष अगाडि अक्सफोर्ड युनिभर्सिटी पे्रसबाट प्रकाशन भएको हो ।

यो पुस्तक हस्तान्तरण गर्न हालै उनले नेपाल आएकी हुन् । शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले उनलाई सम्मान गरे । उक्त पुस्तकलाई नेपाली भाषामा समेत अनुवाद गरिने कार्यक्रमका अवसरमा जानकारी गराइयो । हाल उनले अमेरिकाकै इलिनोइस विश्वविद्यालयमा प्राध्यापन गर्छिन् । (रासस)

वि.सं.२०७५ असार १८ सोमवार ०८:५५ मा प्रकाशित

बाढीको वितण्डापछि जुर्मुराउँदै किसान, सरकारबाट सहयोग नपाएको गुनासो

बाढीको वितण्डापछि जुर्मुराउँदै किसान, सरकारबाट सहयोग नपाएको गुनासो

धुलिखेल (काभ्रेपलाञ्चोक) । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले...

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

सिमकोट (हुम्ला) । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा...

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिवार प्रहरी र केवलकार निर्माणको...

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...