back

बिबेक श्रेष्ठको प्रस्तुतिमा झुमे डिसीका नेपाली

वि.सं.२०७५ असार १८ सोमवार

306 

shares
GLOBAL IME AD
NTC AD

अमेरिका। पोखराको लोकप्रिय सांगीतिक ब्याण्ड ‘कन्दरा’ ले अमेरिकाको पहिलो भ्रमणमा डिसीमा बेजोड प्रस्तुति गरेको छ । लामो समय सम्म प्रतिक्षामा रहेका उक्त संगीत मण्डलीका प्रसंशक तथा दर्शकहरुले मुख्य गायक बिबेक श्रेष्ठको प्रस्तुतिमा उत्साहित र मनोरंजन लिदै दर्शकहरु झुमेका थिए ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा कन्दराको पहिलो प्रस्तुति रहेको हो । सम्मेलन पछि अमेरिकाको टेक्सस,क्यालिफोर्निया राज्यमा समेत कन्दराको सांगीतिक कार्यक्रम हुने छ भने अन्य राज्यहरुमा समेत कुरा चलि रहेको आयोजकले बताएका छन् ।

डिसी महानगर क्षेत्रमा गत जुन २९ तारिख देखि जुलाई १ सम्म भै रहेको तेश्रो नेप्लिज अमेरिकन कन्भेन्सन (सम्मेलन)को उद्घाटन अमेरिकाका लागी नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि) ले गरेका थिए ।

कन्दरा ब्याण्डले नेप्लिज अमेरिकन कन्भेन्सन (सम्मेलन)को आग्रहलाई स्वीकार गरि सहभागिता जनाएको हो । कन्दरा ब्याण्डको यो पूर्ण रुपमा सांगीतिक कार्यक्रम नभई सम्मेलनमा हुने बिबिध कार्यक्रम मध्ये साँस्कृतिक कार्यक्रममा सहभागिता जनाएको छ ।

गत जुन ३० तारिखका दिन सम्पन्न सांस्कृतिक सांझ कार्यक्रममा न्यु योर्कबाट आएका संजोक योञ्जनले आफ्नो गीत बाट कार्यक्रम सुरु गरे पछि प्याराडाईज तथा मोक्ष मन्त्र संगीत मण्डलीले आफ्ना केही गितहरु प्रस्तुति गरेका थिए ।

कन्दराले आफ्ना गीतहरु प्रस्तुत गर्नुको साथै नृत्य गर्ने शैलीका भन सोल्टी बारम्बार .. साचो प्रिती लाएकै थिए.. एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको…. र रेशम फिरी रि गीत गाएर मौलिक गायकहरुलाई समर्पित गरेका थिए ।

यसै गरि ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छी’ आदी गीतहरु प्रस्तुत गरेका थिए ।

वि.सं.२०७५ असार १८ सोमवार ११:३८ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

लोप हुँदै हुड्के नाच

लोप हुँदै हुड्के नाच

जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको...

गीतकार शाहलाई ‘बिजुलीमाया वन : श्रेष्ठ’ पुरस्कार प्रदान

गीतकार शाहलाई ‘बिजुलीमाया वन : श्रेष्ठ’ पुरस्कार प्रदान

मनहरी । यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार...

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

काठमाडौँ । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’...

मेलिना राईले भोली अर्थात् शुक्रवार विवाह गर्दै

मेलिना राईले भोली अर्थात् शुक्रवार विवाह गर्दै

काठमाडौँ । चर्चित गायिका मेलिना राईले इलामका गुरुङ थरका युवकसँग...