back

टवाङ् खोलाले यात्रुबाहक बस बगायो

वि.सं.२०७५ असार १८ सोमवार

336 

shares
GLOBAL IME AD
NTC AD

१८ असार, तुलसीपुर, दाङ । पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ ।

स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी ििदए । सो बस बगालेबाट तुलसीपुरतर्फ आउँदै थियो ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण तुलसीपुर, घोराही र लमही सडकखण्डमा पर्ने एक दर्जन खहरे खोलामा बाढी आउँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

आज बिहान ठूला गाडी छिटफुटरुपमा सञ्चालन भए पनि दिउँसो भने खोलामा पानीको बहाव बढेपछि बन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उता दाङको राप्ती र बबई नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले बबई र राप्तीमा पानीको बहाव बढेको हुँदा बाढी र पहिरोको जोखिम बढेको भन्दै म्यासेज पनि पठाएको छ ।

दाङमा आइतबारदेखि आएको अविरल वर्षा अहिले पनि जारी छ । विद्युत् र इन्टरनेट सेवा पनि नियमित हुन सकेको छैन ।

वि.सं.२०७५ असार १८ सोमवार १४:४० मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

काठमाडौँ । नेकपा एमाले विहादी गाउँपालिकाको अध्यक्षमा दुर्गाप्रसाद भुसाल सर्वसम्मतले...

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार...

कांग्रेस नेतृ आचार्यको निधन

कांग्रेस नेतृ आचार्यको निधन

दमौली (तनहुँ) । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको...