back

एनआरएनएले पर्यटन प्रबद्र्धनका लागि भिडियो प्रतियोगिता गर्दै

वि.सं.२०७५ असार १९ मंगलवार

366 

shares

एनआरएनए आइसीसी मेडिया तथा पब्लिकेशन समिति गठन
गैरआवासीय नेपाली संघ(एनआरएनए) ले नेपालको पर्यटन प्रर्वधन गर्ने उद्देश्यले भिडियो प्रतिस्पर्धाको आयोजना गरेको छ । नेपाल टुरिजम बोर्डसँगको सहकार्यमा ११ औ युरोपियन मिटिङ तथा महिला सम्मेलन २९–३० जुलाई, २०१८ को अवसर पारेर उक्त भिडियो प्रतियोगिताको आयोजना गरिने बताइएको छ ।

प्रतियोगितामा सहभागी हुनेहरुले भिडियो साउन ६ गतेसम्म अपलोड गरिसक्नुपर्ने छ । उपलब्ध गराईएका भिडियो मध्ये निर्णायक मण्डलले शरुमा १० वटा भिडियो छान्ने छन् भने छानिएका १० मध्येबाट ३ वटा.भिडियो सम्मेलनमा सहभागीहरु मध्येबाट भोठिङको आधारमा छानिने छ ।

भिडियो प्रतिस्पर्धामा पहिलो बिजेताले रु. १,००,०००।–, पहिलो रनरअपले रु ७५,०००। – र दोस्रो रनरअपले रु.५००००।– पाउने छन् । साथै ट्राभल्स तथा टुर्स प्याकेज पनि उपलब्ध गराइनेछ ।

पहिलो चरणमा छानिएका १० जना सहभागी मध्ये बाकी रहेका ७ जनाबाट छानिएका २ जनालाई नेपालमा होटल, यात्रा र भ्रमणको प्याकेज राखिएको छ । उपलब्ध गराईएको भिडियो कही कतैबाट लिइएको नभई नितान्त नेपालमा भ्रमणको लागि उतप्रेरणा जगाउने खालको हुनु पर्नेछ ।

सहभागी भिडियोहरु नेपालको कला, मौलिकता, पहिचान, खाना,, हिमाली श्रृखला, गीत, चाडपर्व, धर्म, कला, सृजना लगाएतका विषय समेटिएको हुनुपर्नेछ । नेपालको यथार्थतालाई प्रतिविम्ब पार्ने खालको हुनुपर्ने बताइएको छ । भिडियो आयोजक आयोजनाको तर्फबाट ट्रकिस एयरलायन्स, टान, हान, कर्णाली इकर्मश लगायत सम्बन्धित संघसस्था रहेका छन् ।

आफुले तयार गरेको भिडियो https://erm-nrna.org/videochallenge/ मा गएर सब्मीट गर्न सकिनेछ । भिडियो प्रतिस्पर्धीको लागि निम्न बमोजिम केही नियमहरु रहेका छन्ः

  • भिडियो एकल वा समुहमा बनाउन सकिनेछ ।
  • पुरस्कार एकै प्रकारको तोकिए बमोजिम हुनेछ ।
  • भिडियोको आकार ३ मिनेटसम्मको हुनुपर्नेछ ।
  • उपलब्ध गराईएको भिडियो सम्बन्धित व्यक्तिमा निहित रहनेछ ।
  • भिडियोको शब्द व्यक्तिगत धार्मिक तथा सास्कृतिक हुनुपर्नेछ ।
  • प्रतिस्पर्धामा छानिएका भिडियोहरुलाई एनआरएनए र नेपाल पर्यटन
  • बोर्डको तर्फबाट सामुहिक रुपमा प्रमाणपत्र हस्तानतरण गरिने छ ।
  • उपलब्ध गराईएको भिडियो आयोजकले नेपालको पर्यटन प्रबद्र्धन गर्नको लागि निःशुल्क बिभिन्न छापा तथा अन्ध ठाउँमा प्रयोग गर्न सक्नेछ ।
  • एक भिडियो बनाउने प्रतिस्पर्धीले कम्तिमा एकवर्षसम्म अन्य प्रतिस्पर्धामा सहभागी गराउन सक्ने छैन् ।

सम्मेलन “यूरोपीयन एनआरएनको प्रतिवद्दता, नेपालमा पर्यटन, ज्ञान, लगानी” भन्ने नाराका साथ सम्पन्न हुन गैरहेको छ ।

वि.सं.२०७५ असार १९ मंगलवार ११:१४ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...