back

बैंकका शाखा साढे छ हजार पुग्यो

वि.सं.२०७५ असार २७ बुधवार

342 

shares
GLOBAL IME AD
NTC AD

२७ असार, काठमाडौँ । चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ६ हजार ४१८ पुगेको छ ।

आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वाणिज्य बैंकका शाखा दुई हजार ९१९ पुगेको जानकारी दिए । उनका अनुसार विकास बैंकको ९५१, वित्त कम्पनीको १८३ र लघुवित्त संस्थाको दुई हजार गरी ३६५ गरी कुल शाखा संख्या छ हजार ४१८ पुगेको छ ।

हाल बैंक तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा करीब चार हजार ४९० जनसंख्याले सेवा प्राप्त गर्न सक्ने देखिएको छ । संघीय व्यवस्थाअन्तर्गत गठित ७५३ स्थानीय तहमध्ये यस आवको असार २४ गतेसम्म ५५६ तहमा वाणिज्य बैंकको उपस्थिति पुगेको छ । यस आवको वैशाख मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या दुई करोड २५ लाख तथा कर्जा खाता संख्या १२ लाख ८७ हजार पुगेको छ ।

त्यस्तै, एटिएम संख्या दुई हजार ६२४ रहेको छ भने मोबाइल ब्रैकिङ्गका ग्राहकको संख्या ४० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकको संख्या सात लाख ८४ हजार, जारी भएका डेबिट कार्डको संख्या ५२ लाख ३५ हजार तथा क्रेडिट कार्डको संख्या ९७ हजार रहेको छ । (रासस)

वि.सं.२०७५ असार २७ बुधवार २१:२० मा प्रकाशित

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जामा रुपान्तरण

हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जामा रुपान्तरण

काठमाडौँ । हरित अर्थतन्त्र भन्नेबित्तिकै वातावरणीय दिगोपनलाई प्राथमिकता दिने आर्थिक...

‘राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँ’

‘राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँ’

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा...

फागुन १३ देखि १७ सम्म तामेकोट समिट हुने

फागुन १३ देखि १७ सम्म तामेकोट समिट हुने

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका-५, मा हुने तामेकोट समिट २०८१को...

नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा राजस्व घट्यो

नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा राजस्व घट्यो

घोराही (दाङ) । कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ...