back
CTIZAN AD

बेलायतलाई निशर्त एकल बजार नीतिभित्र समावेश गर्न सकिदैन : मर्केल

वि.सं.२०७३ असोज २१ शुक्रवार

888 

shares

german-angela

फ्रयाङ्कफर्ट (जर्मनी) । युरोपेली युनियन (ईयू) बाट बेलायतको बहिर्गमन हुँदा ईयूले बेलायतलाई युरोपको एकल बजार नीतिमा समावेश गर्न बेलायतले पनि ईयू सदस्य राष्ट्रका जनतालाई आवतजावतमा अवरोध गर्न नपाइने विचार जर्मन चान्सलर एन्जेला मर्केलले व्यक्त गर्नुभएको छ ।

बेलायत र ईयू सदस्य राष्ट्रबीच युरोपको एकल बजार र ईयू सदस्य राष्ट्रका नागरिकको स्वतन्त्र रूपमा आवागमनलगायतका विषयले गहिरो रूप लिएपछि बहिर्गमन प्रक्रियामा समस्या देखिएको छ ।

यद्यपि बेलायतकी प्रधानमन्त्री थेरेसा मेले बहिर्गमन प्रक्रियालाई सन् २०१७ को मार्चदेखि सुरु गर्ने बताउनुभएको छ ।

ईयू सदस्य राष्ट्रका नेताले भने ईयूबाट बेलायतको बहिर्गमन प्रक्रिया जति लम्बियो त्यति नै दुवै पक्षलाई समस्या पर्ने भन्दै प्रक्रियालाई यथासम्भव छिटो सुुरु गर्न आग्रह गरेका छन् ।

यदि हामीले ईयूको एकल बजार नीतिलाई आजतजावतमा पूर्ण स्वतन्त्रतासँग गाँसेर कुरा गरेनौँ भने यसबाट ईयू सदस्य राष्ट्रलाई न्याय नहुने पक्का देखिन्छ, मर्केलले भन्नुभयो । एकल बजारसँगै आवागमनको कुरामा सहमति भएमा मात्र ईयू सदस्य राष्ट्रले बेलायत र बेलायतले ईयू सदस्य राष्ट्रमा बराबर अस्तित्वका साथ आफ्ना गतिविधिलाई सञ्चालन गर्नसक्ने उहाँले बताउनुभयो ।

चान्सलर मर्केलले बर्लिनद्वारा भनिएजस्तै कडा धारको पक्षमा रहेर सम्भावित आर्थिक समस्या बेवास्ता गरेरै भए पनि बेलायतलाई युरोपको एकल बजार नीतिमा समाहित हुनका लागि खुला आवागमनको पक्षमा बेलायतलाई ल्याउन दबाब सिर्जना गर्न युरोपियन इन्डस्ट्री फेडरेसनलाई आग्रह गर्नुभएको हो ।

हामीले आफ्नो स्वार्थलाई माथि पार्ने गरी सैद्धान्तिक वातावरणलाई सारा युरोपवासीमाझ बुझाउनु पर्छ जसका कारण युरोपियन इन्डस्ट्री फेडरेसनले बेलायतसँगको एकल बजार नीतिबारेको बहसमा दबाब सिर्जना गर्नसक्ने छैन । यो ईयू सदस्य राष्ट्रको हितमा हुनेछ ।

तर बेलायती केही नेताहरूले भने ईयूसँगको यस विवादमा बेलायती बजार गुम्नसक्ने खतरा देखी बेलायतलाई युरोपको एकल बजार नीतिअन्तर्गत बहिर्गमन प्रक्रिया अघि बढाउन दबाब दिने छन् भन्ने विश्वास राखेको पाइन्छ ।

यदि बेलायतको बजार आफ्नो पक्षमा प्रयोगमा नआए उद्योगधन्दा धरासायी हुने चिन्ताले गर्दा ईयू सदस्य राष्ट्रका व्यवसायीले बेलायतको एकल बजारको मागलाई सम्बोधन गरेरै भए पनि आफ्नो बजारलाई गुमाउन नहुने मत राख्दै आएका छन् । एएफपी

वि.सं.२०७३ असोज २१ शुक्रवार ०३:०८ मा प्रकाशित

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

बेइजिङ  (सिन्ह्वा) । चीनले १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) अन्तर्गत...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स (अर्जेन्टिना) । स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले...

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

बेइजिङ । कृत्रिम बुद्धिमत्ता (एआई) को विश्वव्यापी विकासलाई थप गति...

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किएको छ।...

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

बेडमिन्स्टर । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने...

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

दुबई । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको...