back

बेलायतलाई निशर्त एकल बजार नीतिभित्र समावेश गर्न सकिदैन : मर्केल

वि.सं.२०७३ असोज २१ शुक्रवार

507 

shares
GLOBAL IME AD
NTC AD

german-angela

फ्रयाङ्कफर्ट (जर्मनी) । युरोपेली युनियन (ईयू) बाट बेलायतको बहिर्गमन हुँदा ईयूले बेलायतलाई युरोपको एकल बजार नीतिमा समावेश गर्न बेलायतले पनि ईयू सदस्य राष्ट्रका जनतालाई आवतजावतमा अवरोध गर्न नपाइने विचार जर्मन चान्सलर एन्जेला मर्केलले व्यक्त गर्नुभएको छ ।

बेलायत र ईयू सदस्य राष्ट्रबीच युरोपको एकल बजार र ईयू सदस्य राष्ट्रका नागरिकको स्वतन्त्र रूपमा आवागमनलगायतका विषयले गहिरो रूप लिएपछि बहिर्गमन प्रक्रियामा समस्या देखिएको छ ।

यद्यपि बेलायतकी प्रधानमन्त्री थेरेसा मेले बहिर्गमन प्रक्रियालाई सन् २०१७ को मार्चदेखि सुरु गर्ने बताउनुभएको छ ।

ईयू सदस्य राष्ट्रका नेताले भने ईयूबाट बेलायतको बहिर्गमन प्रक्रिया जति लम्बियो त्यति नै दुवै पक्षलाई समस्या पर्ने भन्दै प्रक्रियालाई यथासम्भव छिटो सुुरु गर्न आग्रह गरेका छन् ।

यदि हामीले ईयूको एकल बजार नीतिलाई आजतजावतमा पूर्ण स्वतन्त्रतासँग गाँसेर कुरा गरेनौँ भने यसबाट ईयू सदस्य राष्ट्रलाई न्याय नहुने पक्का देखिन्छ, मर्केलले भन्नुभयो । एकल बजारसँगै आवागमनको कुरामा सहमति भएमा मात्र ईयू सदस्य राष्ट्रले बेलायत र बेलायतले ईयू सदस्य राष्ट्रमा बराबर अस्तित्वका साथ आफ्ना गतिविधिलाई सञ्चालन गर्नसक्ने उहाँले बताउनुभयो ।

चान्सलर मर्केलले बर्लिनद्वारा भनिएजस्तै कडा धारको पक्षमा रहेर सम्भावित आर्थिक समस्या बेवास्ता गरेरै भए पनि बेलायतलाई युरोपको एकल बजार नीतिमा समाहित हुनका लागि खुला आवागमनको पक्षमा बेलायतलाई ल्याउन दबाब सिर्जना गर्न युरोपियन इन्डस्ट्री फेडरेसनलाई आग्रह गर्नुभएको हो ।

हामीले आफ्नो स्वार्थलाई माथि पार्ने गरी सैद्धान्तिक वातावरणलाई सारा युरोपवासीमाझ बुझाउनु पर्छ जसका कारण युरोपियन इन्डस्ट्री फेडरेसनले बेलायतसँगको एकल बजार नीतिबारेको बहसमा दबाब सिर्जना गर्नसक्ने छैन । यो ईयू सदस्य राष्ट्रको हितमा हुनेछ ।

तर बेलायती केही नेताहरूले भने ईयूसँगको यस विवादमा बेलायती बजार गुम्नसक्ने खतरा देखी बेलायतलाई युरोपको एकल बजार नीतिअन्तर्गत बहिर्गमन प्रक्रिया अघि बढाउन दबाब दिने छन् भन्ने विश्वास राखेको पाइन्छ ।

यदि बेलायतको बजार आफ्नो पक्षमा प्रयोगमा नआए उद्योगधन्दा धरासायी हुने चिन्ताले गर्दा ईयू सदस्य राष्ट्रका व्यवसायीले बेलायतको एकल बजारको मागलाई सम्बोधन गरेरै भए पनि आफ्नो बजारलाई गुमाउन नहुने मत राख्दै आएका छन् । एएफपी

वि.सं.२०७३ असोज २१ शुक्रवार ०३:०८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन,अमेरिका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी...