back

अनुदानको प्रलोभनमा पारेर दुईदर्जन किसानबाट लाखौं ठगी

वि.सं.२०७५ असार ३२ सोमवार

606 

shares

३२ असार, खोटाङ । अनुदान दिने प्रलोभन देखाएर खोटाङका दुई दर्जनभन्दा बढी किसानबाट लाखौँ रुपैयाँ ठगी गरिएको खुलासा भएको छ । कृषिसम्बन्धी विभिन्न फार्म सञ्चालन गर्दै आएका दुई दर्जन किसानलाई ७० प्रतिशत अनुदान दिने प्रलोभन देखाएर ठगी गरिएको हो ।
केही दिनअघि जिल्ला आएका अपरिचित व्यक्तिले विभिन्न बहानामा किसानलाई ७० प्रतिशतका दरले अनुदान दिने भनेपछि जिल्लाका दुई दर्जनभन्दा बढी किसान ठगीमा परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । ।

ठगीको शिकार बनेका दिक्तेलस्थित साकेला पोल्ट्री फार्मका प्रबन्ध निर्देशक रमेश राईका अनुसार अर्बा नामको इजरायली कम्पनीका प्रतिनिधि भन्दै जितेन्द्र राई नाम गरेका व्यक्तिले प्रतिफार्म÷व्यक्तिबाट रु दुई लाख ५० हजारका दरले रकम उठाएका थिए ।

पीडित किसानका अनुसार आफ्नै खातामा रु दुई लाख ५० हजार जम्मा गरेबापत अर्बा कम्पनीले त्यसको ७० प्रतिशत रकम अनुदान दिने भनेपछि उनीहरु ठगीमा परेको पाइएको छ । “हामी सोझासाझा मान्छे, अर्बा कम्पनीले ७० प्रतिशत अनुदान दिने भनेपछि मख्ख परियो,” ठगीमा परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ का नगेन्द्र राईले भने – “खातामा भएको रकम पनि विभिन्न बहानामा खाली चेक मागेर निकालेपछि फरार भएछन् । हामीमाथि भएको ठगी प्रकरणको छानविन गरी पाऊँ ।”

ठगिएका किसानका अनुसार राष्ट्रिय वाणिज्य बैंकबाट १६ जना, बैंक अफ काठमाडौँबाट तीनजना र ज्योति विकास बैंकबाट एकजनाको गत असार २८ गते रकम चोरी भएको पाइएको हो । यसबाहेक अन्य किसानको पनि चोरी भएको तर जानकारी भने नआइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठगीमा पर्नेमध्ये अहिलेसम्म २० जनाले कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंक शाखा प्रबन्धक शिरोमणि बरालले भने अपरिचित व्यक्तिलाई खाली चेक दिएपछि चोरी भएको पाइएको बताए ।

प्रनाउ थापाका अनुसार धेरैजसो रकम चाबहिल क्षेत्रका बैंकबाट निकालिएको पाइएको छ । ठगी गरी फरार भएका अपराधीको खोजी कार्य शुरु गरिएको प्रनाउ थापाले जानकारी दिए ।

ठगिनेमा निर्मलीडाँडा, दोर्पा, नेर्पा, दिक्तेल, बाम्राङ, बुइपा, गोपेनीलगायतका किसान रहेका छन् । किसानलाई विभिन्न प्रलोभनमा पारेर रकम ठगी गर्ने व्यक्ति करीब डेढ महिनाअघि खोटाङ आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ असार ३२ सोमवार १७:४८ मा प्रकाशित

Himalayan Life AD
एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...

नेप्से परोसूचक २६ अङ्कले घट्यो

नेप्से परोसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २६ दशमलव ०५...

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ...

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्...

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई जितका...

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख...