back

कोरियामा एक हप्तामा ५ नेपालीले ज्यान गुमाए

वि.सं.२०७५ साउन १ मंगलवार

324 

shares
GLOBAL IME AD
NTC AD

१ साउन, काठमाडौं । कोरियामा एकहप्तामा ५ नेपालीले ज्यान गुमाएका छन् । असार २५ गते देखि २९ असार (९ जुलाईदेखि १४ जुलाईसम्म) ५ जना नेपालीको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा भोजपुरकी अम्बिका राईको बाटो काट्ने क्रममा, पोखराका चित्र बहादुर केसीको मुटुरोगका कारण, मोरङका सन्तोष विष्टको स्कुटर दुर्घटनाको कारण, पर्वतका दुर्गा बहादुर जिसीको समुद्रमा डुबेर तथा चितवनका ढाकाराम भुसालले आत्महत्या गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङले संसारन्युजलाई जानकारी दिएकी छिन् ।
उनले एकहप्तामा पाँच जना नेपालीले ज्यान गुमाउनु कोरियामा रहेका नेपालीको लागि अत्यन्त दुःखद रहेको बताएकी छन् ।
४ वर्ष अगाडि बहिनीमार्फत कोरिया पुगेकी अम्बिका राई बाटो काट्ने क्रममा बसले ठक्कर दिएपछि घाइते भएकी थिइन् । उनको उपचारकै क्रममा निधन भएको हो । राइले बाटो काट्ने गर्ने क्रममा रातो बत्ति बलेको बेलामा बाटो काटेको हुनाले दुर्घटना भएको र ठक्कर दिने बसबाट क्षतिपूर्ति लिन नसकिएको पनि लक्ष्मीले बताएकी छन् । उनको आज (१७ जुलाई) कोरियामै दाहसंस्कार गरिएको छ ।

दुई दशकदेखि कोरियामा रहेका पोखरा राम बजारका चित्र बहादुर मगरको मुटुको समस्या रहेको र उपचारका क्रममा निधन भएको छ । उनको कोरियामै दाहसंस्कार गरिएको पनि लक्ष्मीले बताइन् ।

त्यस्तै मोरङका सन्तोष विष्टको स्कुटर दुर्घटनामा परि मृत्यु भएको छ । मोरङ सुनवर्शी नगरपालिका अमरदहका २५ वर्षीय विष्टको काम सकेर घर फर्कने क्रममा कारले ठक्कर दिँदा मृत्यु भएको हो । उनले स्कुटर चलाउँदा विना लाइसेन्स चलाएको तथा बाइकको लेनबाट नचलाई गाडी हिड्ने बिचबाटोबाट स्कुटर कुदाउने क्रममा दुर्घटना भएको थियो ।एकवर्ष अगाडि दुबई हुँदै पर्यटक भिसामा कोरिया पुगेर शरणार्थीको रुपमा बसिरहेका उनी पार्टटाइम काम गर्दै आएका थिए ।

दुई वर्ष अघि इपियसमार्फत कोरिया पुगेका पर्वतका दुर्गा बहादुर जिसीको समुद्रमा डुबेर ज्यान गएको छ । उनको थेजन समुद्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । पर्वत लेकफाँटका २६ बर्षीय जिसी १४ जुलाईका दिन मड फेस्टिवल हेर्न गएका थिए । साथीहरुसँगै गएका उनी त्यहि पौडी खेल्ने क्रमम डुबेर मृत्यु भएको नेपाली दूतावास कोरियाका श्रम सहचारी डिल्लीराम बास्तोलाले जनाएका छन् । समुद्रमा डुबेका उनको उद्धार गरेर अस्पताल पु¥याइएको तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । जिसी अविवाहित रहेको बताइएको छ ।

दुर्गा बहादुर जिसीको मृत्यु भएकै दिन चितवनका ढाकाराम भुजेलले आत्महत्या गरेका हुन् । ६ वर्ष अगाडि इपियसमार्फत् कोरिया पुगेका उनले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । उनी आफू कार्यरत कम्पनीमै झुण्डिएको कम्पनीमा जडित सिसि क्यामेराले देखाएको छ । आत्महत्या गर्नु भन्दा पहिले श्रीमतीलाई पाँचपटक फोन गरेको रेर्कड उनको टेलिफोनमा देखिएको छ भने । आमासँग आधा घण्टा कुरा गरेको पनि देखिएको छ ।
अध्यक्ष लक्ष्मीका अनुसार अम्बिका राई र चित्र बहादुर मगरको कोरियामै दाहसंस्कार गरिएको छ भने अन्य तीनजनाको शब नेपाल पठाउने तयारी भइरहेको छ ।
नेपाली दूतावास कोरियाका राजदूत अर्जुन बहादुर सिंह, श्रम सहचारी डिल्लीराम बास्तोला, एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङ, चितवन सम्पर्क समिति तथा जनसम्पर्क समिति कोरियाका पूर्व अध्यक्ष गिरीराज कुँवर, पर्वत समाजका प्रतिनिधीको टोलीले जि.सी कार्यरत कम्पनी र अस्पतालमा पुगेर शवको निरिक्षण र कम्पनीका मालिकसँग राहतका विषयमा छलफल गरेको बताइएको छ ।

कोरियामा नेपालीको मृत्युको घटना बढ्दै गएकोले यसको रोकथामका लागि के गर्नुपर्ला भन्ने संसारन्युजको प्रश्नमा अध्यक्ष लक्ष्मी भन्छिन्–‘विदेशमा जुन देशमा गएपनि सुख कतै छैन् । त्यसैले कोरियामा पनि धेरै संघर्ष गर्नुपर्छ । आउन भन्दा पहिले आफू सबै प्रकारका काम गर्न तयार छु भनेर मानसिकता बनाउनु पर्छ । परिवारले पनि उसले कसरी काम गरेको छ ? के गरेको छ ? कस्तो अवस्था छ भन्ने बुझेर उसलाई सहज बातावरण बनाइदिनुपर्छ ।’

लक्ष्मीले कोरियामा काम गर्दा दुर्घटनाबाट बच्नका लागि बाटो काट्ने क्रममा, औद्योगिक क्षेत्रमा हुने दुर्घटनाबाट बच्न तथा साथीहरु मिलेर समुद्रमा जाँदा एकले अर्को साथीको ध्यान राख्नु पर्ने बताएकी छन् । यस्ता कुरामा ख्याल राख्न सकेमा सबैलाई फाइदा हुने बताउँदै लक्ष्मी भन्छिन् – ‘समुद्रमा पौडी खेल्न गएका जिसी कता छन र के गर्दैछन् ? भन्ने साथीहरुले पनि ख्याल गरेको भए उनको ज्यान जाने थिएन् । साथीहरु घुमेर फर्किदा उनको कपडा मात्र समुद्रको किनारमा फेलापरेपछि उनी डुबेको भन्ने अनुमान लगाएर प्रहरीलाई खबर गरेका थिए ।’

त्यस्तै परिवारको सदस्य विदेशमा छ भन्दैमा घरमा रहेका परिवारले धेरै डिमाण्ड गर्ने तथा विलासी जीवन बिताउन नहुने बताउछीन् लक्ष्मी । लक्ष्मीका अनुसार पछिल्लो समय परिवारको बढ्दो आकांक्षाका कारण पनि कोरियामा आत्महत्या लगायतका घटनाहरु घटिरहेका छन् ।

वि.सं.२०७५ साउन १ मंगलवार १०:३८ मा प्रकाशित

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...

गुरुङ (तमु) सोसाइटी इंक अमेरिकाले मनायो सप्रि ल्होछार

गुरुङ (तमु) सोसाइटी इंक अमेरिकाले मनायो सप्रि ल्होछार

न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इन्क युएसएले गुरुङ तमु...

न्यूयोर्कमा नेपाली सांस्कृतिक उत्सवको भव्य आयोजना

न्यूयोर्कमा नेपाली सांस्कृतिक उत्सवको भव्य आयोजना

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार सँघद्वारा आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम...