
शिष्टाचार कूनीतिको जग-कुटनीतिमा संस्कार जोडिएको हुन्छ । हाम्रा पूर्खाले संस्कारको कुरा गर्थे, मेरो विचारमा कुटनीतिमा शिष्टाचार भनेको त्यही हो । कुनै पनि समाजमा मानिस मानिस बीचको सम्बन्धलाई परिस्कृत गर्न कुटनीतिको महत्वपूर्ण भूमिका हुन्छ । कुटनीतिको अर्थ विस्तृत र व्यापक छ । प्रत्येक व्यक्तिमा कूटनीतिको ज्ञान भएमा घर, परिवार, समाज र राष्ट–राष्ट्रहरु बीचको सम्बन्धमा केही टेवा पुग्छ । कुटनीतिक दक्षताका कारण व्यक्ति व्यक्तिबीचको सम्बन्धलाई उचाइमा पु¥याउन निकै मद्दत हुन्छ भने अशिष्टता वा उदण्डताले जीवनमा नकरात्मक असर पार्छ । हाम्रो समाजमा शिक्षाको एउटा महत्वपूर्ण अंगका रुपमा कुटनीतिलाई पनि समाहित गर्दै लैजानु आवश्यक हुन्छ । त्यसो भएमा समझदारी तथा मित्रताको अभावमा उब्जिरहेका कतिपय सामाजिक समस्या समाधान गर्न मद्दत पुग्छ ।
कूटनीतिको प्रमुख पाटो आदानप्रदान हो । आदानप्रदान भन्दा विचार देखि लिएर उपहार सम्म हुन्छ । कसैले निमन्त्रणा गर्दा सानोतिनो उपहार लिएर जाँदा यसले सकारात्मक प्रभाप पर्छ । विचारको आदानप्रदानले कतिपय समस्या समाधान गर्न सकिन्छ । अन्र्तराष्ट्रिय क्षेत्रमा पनि शिष्टाचारमा आधारित कूटनीतिका कारण वार्ताका माध्यामबाट राष्ट्रराष्ट्रबीच रहेका कटु तथा शत्रुतापूर्ण सम्बन्धमा सुधार गरिएका उदाहरण हामी पाउँदैछौं । शिष्टाचार प्रकट गर्ने तरिका हरेक देशमा उस्तै हुन्छ भन्ने छैन । देशअनुसार शिष्टाचारको अभिव्यक्ति पनि भिन्नाभिन्नै हुन्छ । अत ः शिष्टाचार शब्दले बृहत् अर्थ बोकेको छ । यहाँ एउटा कुछनीतिकर्मीले आफ्नो कार्यकालमा जान्नैपर्ने केही शिष्टाचारका नियमबारे मात्रै वर्णन गर्न खोजिएको छ ।
भेटघाट
सबैभन्दा पहिले कुटनीतिक व्यक्ति कुनै देशको राजदूतावासमा बहाली भएपछि समान हैसियतका अन्य दूतावासका कूटनीतिज्ञहरुसँग मित्रता गाँस्नुपर्छ । यसले गर्दा काममा सहयोग पुग्छ र सूचना प्राप्त गर्ने सशक्त माध्याम तयार हुन्छ । कुटनीतिक व्यक्तिलाई समय लिएर भेट्नुपर्छ, तोकिएको समयभन्दा अगाडी पुग्नु हुँदैन । केहीबेर ढिलो हुने भएमा जानकारी गराउनुपर्छ । आफ्नो नेमकार्डमा(पो प्रिजोँेते) अर्थात् म तपाईलाई भेट्न चाहन्छु भन्ने अभिव्यक्ति सहित अन्य देशमा राजदूतावासका समकक्षीलाई पठाउने चलन पनि थियो । तर अहिले यस्तो चलन हराएको छ । शिष्टाचारका पुराना सबै माध्याम दु्रतगतिमा बढिरहेको आजको विश्वमा अनुसरण गर्न कठिन छ । सञ्चारमा आएको अभूतपूर्व विकासले गर्दा शिष्टाचार अभिव्यक्तिलाई नयाँ र छिटोछरितो माध्यामले विस्तापित गरिसकेका छन् ।
राजदूतले राष्ट्राध्यक्ष समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेपछि भेटघाटको शृङखला सुरु गर्नुपर्छ । ठूलो देशमा राजदूत भएपछि त्यहाँका सबै देशका राजदूतहरुसँग व्यक्तिगत रुपमा शिष्टाचार भेट गर्न सम्मभव हुँदैन । उदाहरणका लागि पेरिसमा झण्डै १७० मुलुकका राजदूत बस्छन् । उनीहरु स बैसँग भेट्न वर्षौँ लाग्छ । हाम्रो परिप्रेक्ष्यमा कुटनीतिक समुदायका डिन, सार्क मुलुकहरु र आसियान मुलुकका राजदूतहरु तथा पी ५( अमेरिका, फ्रान्स, चीन र रसियन पेडरेसन) लगायत नेपाललाई सहायता उपलब्ध गराउने दातृ मुलुकका राजदूतहरुसँग शिष्टाचार भेट गर्नु उपयुक्त हुन्छ ।
क्तिपय राजदूतहरु त नेपालकै लागि राजदूत भइसकेका र नेपाल भ्रमण गरिसकेका पनि भेटिन्छन् । पेरिसमा डिप्लोम्याटिक कर्पस्का डिन स्थायी रुपमा पोपका प्रतिनिधि हुन्छ्न् । राजदूतलाई भेट्न जाँदा उनीहरु खुसी हुन्छन् ।
कुराकानी सकिएपछि राजदूतलाई ढोकासम्म लगेर बीदाई गर्ने चलन छ । आफू पुरानो भएपछि कोही नयाँ राजदूत शिष्टाचार भेट गर्न आउँदा उनलाई आफ्नो दूतावास वा निवासको गेटसम्मै पु¥याइदिनुपर्छ । शिष्टाचार भेटका अवसरमा गहकिला कुरा हुँदैनन् । आफ्नो व्यक्तिगत जीवन पारिवारिक पृष्ठभूमी तथा दुई देशबीचको सम्बन्ध लगायतका विषयमा सामान्य कुराकानी हुन्छन् । शिष्टाचार भेट कार्ड आदानप्रदान गरी समापन हुन्छ ।
दिवाभोज
दिवाभोज आयोजना गर्दा दुई तरिका अपनाउन सकिन्छ ः टेबुलमा बसेर सीमित व्यक्तिहरुका लागि आसन र बढी पाहुनाहरु निमन्त्रणा गरी बफेट लन्च । सिटिङमा पाहुनाहरु क्ुर्सीमा बसेका हुन्छन् । ठाउँ हेरेर ८ देखि १० जनासम्म आमन्त्रित हुन्छन् । टेबुलमा डिनर, सलाद प्लेट र प्लेटको तल ठूलो प्लेट राखिएको हुन्छ । दायाँबायाँ चक्कु, काँटा र ठूलो चम्चा राखिएको हुन्छ । दाहिनेपट्टी पानी र वाइनको ग्लास राखिन्छ । दिवाभोजमा वाइन, जिन, स्याम्पियन जस्ता पेयपदार्थ प्रयोग गरिन्छ ।
सिटिङ लन्चमा पाहुनालाई खाना पस्केर सर्भ गरिन्छ । सर्भ गर्नेले पाहुनाको दायाँतर्फबाट गर्ने चलन छ । खाना सर्भ गर्नेले जानी–नजानी पाहुनाको शरीरमा छोएमा क्षमायचना गर्नुपर्छ । खाना पाहुनाको चाहनाबमोजिम मात्र पस्किनुपर्छ । निमन्त्रणा गर्नुअघि नै उनी मांशाहारी वा शाकाहारी के हुन् र उनी के के खाँदैनन् भनेर सोध्ने चलन छ । त्यो गरेमा दुवै पक्षलाई सजिलो हुन्छ । खानापछि अन्तिमतिर चिया वा कफी पिउनुभन्दा अघि नै भन्नुपर्छ । दिवाभोजबारे चलेको नियम यस्तै हो । तर सबैले यसैअनुसार गर्छन् भन्नेचाँही छैन । तरिका मिलाएर बोल्ने पनि छन् नबोलिकनै सकाउने पनि छन् ।
बफे लञ्चमा आफ्नो चाहेअनुसार पाहुना बोलाइन्छ । उनीहरुलाई होष्ट र हाष्टस दुवैजनाले स्वागत गर्नुपर्छ । तर होष्ट एकजना मात्र छ भने सोही अनुसार गर्नु पर्दछ । पाहुना आएपछि सर्वप्रथम जुस, कोकलगायत वाइन, स्याम्पियनजस्ता पेयपदार्थ सर्भ गराउनुपर्छ । खासगरी दिवाभोजमा ह्विस्की प्रयोग गरिँदैन । साथै भेज र नन्भेज स्न्याक्स पनि सर्भ गराउनु पर्छ । ७०÷८० प्रतिशत जति पाहुना आइसकेपछि बफे लन्चका लागि आयोजकले लिनुपर्छ । खाने काम सकिएपछि पाहुनालाई जसरी स्वागत गरिएको हो, त्यसरी नै बिदाइ गर्नुपर्छ ।
एक पटक जापानमा जाँदा राजदूतले डिनरको लागि निमन्त्रणा गरे । खाना लिने समयमा पहिला आफू गै लिए । मलाई अलि उदेक लाग्यो । आफूले निमन्त्रणा गरे पछि पाहुना जो सुकै होस् पहिला पाहुनालाई खाना लिन लगाउनु पर्दछ । यस्तो अवस्थामा पदको मतलव हुँदैन । प्रोटोकलमा चाहिनेभन्दा बढी चनाखो राजदूत भएर यसो गरेको होला जस्तो लागेको थियो ।
आजकल बजेट अपर्याप्तको समस्याले गर्दा कतिपय विदेशी राजदूतहरुले पनि पर्याप्त मात्रामा लन्च डिलर आयोजन ागर्न नसकेको अवस्था देखिएको छ ।
पेरिसमा बहाली भएपछि गैरआवासीय राजदूतको हैसियतमा ग्रीसका राजदूतलाई भेटघाट गर्न गएको थिएँ । राजदूत जर्ज क्यास्तानास एक प्राध्यापक रहेछन् । पेरिसस्थित ग्रीसको राजदूत निकास भवन सन् १९०० को सुरुतिर एकजना धनाढ्य व्यापारीले सरकारलाई उपहारस्वरुप दिएको रहेछ । निकै सुविधायुक्त भवन भए तापनि हाल ग्रीसले भोगनु परेको आर्थिक संकटले गर्दा बजेटकोअभावमा लन्च डिलर आयोजना गर्न नसकिराखेको भनी भव्य डाइनिङ टेबल मलाई देखाएका थिए ।
रात्रिभोज
रात्रिभोजमा पनि दिवाभोजका जस्तै प्रक्रिया हुन्छन् । रात्रिभोजमा ह्विस्की पनि सर्भ गरिन्छ । खाना सकिएपछि ब्रान्डी र लिक्वर सर्भ गर्नुपर्छ । खाना खाइसकेपछि हिवस्की पिउने चलन हुँदैन । त्यो स्वास्थ्यका दृष्टिले पनि अनुपयुक्त हुन्छ । खासगरी रात्रिभोज सकिनु अगाडी चिया वा कफि सर्भ गर्नुभन्दा अगाडी होष्टले पाहुनाहरुलाई केही कुरा सुनाउनु छ भने सो समयमा उपयुक्त हुन्छ । यही चलन छ ।
राष्ट्रिय पर्व
सवै देशको राजदूतावासहरुले आफ्नो राष्ट्रिय पर्व मनाउँछन् । राजदूतावासमा राष्ट्रिय पर्व मनाउँदा आफ्नो देशले हासिल गरेको प्रगतिबारे विश्व समुदायलाई जानकारी दिने अवसर पनि बनाउन सकिन्छ । मैले पेरिस बसाइका क्रममा सामान्य कार्यक्रमदेखि अति भव्य रुपमा मनाइएका राष्ट्रिय पर्व अवलोकन गर्ने र सहभागी हुने अवसर पाएँ । धेरै जसो राजदूतवासका राष्ट्रिय पर्वहरुमा दुईदेखि चार सयजना पाहुना आमन्त्रित थिए भने ठूला देशका राष्ट्रिय पर्वहरुमा दुई देखि तीन हजार पाहुना उपस्थित थिए । पाहुनालाई राजदूत, राजदूत पत्नी, ओहदाअनुसारका कुटनीतिक कर्मचारीले लामबद्ध भर्य स्वागत गर्ने प्रचलन छ । त्यसपछि आयोजक सरकारका प्रतिनिधि आएर उनलाई दायाँ राखी राजदूतले आफ्नो स्वागत मन्तव्य राख्छन् । अनि पाहुनाका लागि तयार गरिएका विभिन्न परिकार ग्रहण गर्न आमन्त्रण गरिन्छ ।
निमन्त्रणा कार्ड
पाहुनालाई फोनबाट मौखिक रुपमा वा निमन्त्रणा कार्ड पठाएर बोलाउन सकिन्छ । छिटो र सजिलोका लागि फोनबाट निमन्त्रणा गर्नु सजिलो भए पनि औपचारिक कार्यक्रममा निमन्त्रणा कार्ड पठाउनु नै उपयुक्त हुन्छ । कार्डको माथिल्लो भागमा के को उपलक्ष्यमा भन्ने खुलाउनुपर्छ । त्यसपछि आफ्नो सरकारको लोगो र तल आयोजकको नाम लेखेपछि पाहुनाको नाम राख्न खालि ठाउँ छोडिन्छ । त्यस स्थानमा पाहुनाको नाम, दर्जा लेख्नुपर्छ ।
जवाफ दिने तरिका
निमन्त्रणा प्राप्त भएपछि कार्यक्रममा उपस्थित हुन सक्ने वा नसक्ने जानकारी दिनुपर्छ । यो एउटा शिष्टताको परिचय हो । निमन्त्रणा स्वीकार गरिए वा नगरिए पनि फोन, फ्याक्स, इमेलबाट जबाफ दिनुपर्छ । तर साधारणतया त्यो दिन वा समयमा अन्य कार्यक्रम भएको जवाफ दिइने गरिन्छ । जवाफ नदिँदा बेवास्ता गरिएो भान पर्न सक्छ । कतिपय अवसरमा आउँछु भनेका पाहुना आउँदैनन् । केही जबाफ नदिने पाहुना भने आउँछन् । कुटनीतिक क्षेत्रमा उपयुक्त तरिकाबाट शिष्ट भाषामा जवाफ दिनुपर्छ ।
टेबुल सजावट
सिटिङ दिवाभोज (लन्च) र रात्रीभोज( डिनरं) मा टेबुल सजावट एक महत्वपूर्ण पक्ष हो । निवासस्थानदेखि ठूलाठूला पार्टी तथा उच्चस्तरीय सरकारी अधिकारीहरुको भ्रमणका अवसरमा उपयुक्त तवरले डिनर टेबुलको सजावट गर्नुपर्छ । व्यक्तिगत निवासस्थानमा साधारणतया बढीमा १० जनासम्मको सिटिङ डिनर हुन्छ भने व्यवसायिक तथा अन्य औपचारिक कार्यक्रममा २५ देखि ३० जना सम्मका लागि सिटिङ लन्च वा डिनर आयोजना गर्न सकिन्छ ।
पेय पदार्थ
रिसेप्सन, लन्च तथा डिनरमा पाहुनालाई साधारण पानीदेखि लिएर जुस, कोक, फन्टा, स्प्राइट, बियर, जिन, भोड्का, वाइन, स्याम्पियन तथा ह्विस्की पस्किने गरिनछ । डिनरपछि ब्रान्डी पस्किने चलन पनि छ । देशअनुसार पेय पदार्थहरु फरक हुन सक्छन् । डिनरपछि ब्रान्डी पस्किने चलन पनि छ । देशअनुसार पेय पदार्थहरु फरक हुन सक्छन् । फ्रान्समा स्याम्पियन तथा वाइन बढी प्रयोग गरिन्छ ।
भाषण
कूटनीतिक पार्टीहरुमा भाषणको पनि निकै महत्व हुन्छ । किनकी पाहुनालाई आफ्नो देशका बारे जानकारी दिन यो महत्वपूर्ण अवसर हो । तर पार्टीहरुमा दिइने भाषण त्यति लामो हुनु मनासिव हुँदैन ।आफ्ना कुरा छोटो र स्पष्ट रुपमा राख्नुपर्छ । यसमा आफ्नो देशको राजनीतिक, आर्थिक तथा सामाजिक विकाससँग सम्बन्धित जानकारी प्रदान गर्न सकिन्छ ।
स्वागत गर्ने तरिका
पाहुनालाई होष्ट तथा होष्टेस दुवैले स्वागत गर्नुपछ । स्वागत गर्दा आत्मीयता भाव देखाउन अँगालो हाल्ने चलन पनि छ । अँगालो मार्दा बेग्लै किसिमको आत्मीयता महसुस हुन्छ । बिदाइमा पनि अँगालो मार्नु उपयुक्त हो ।
सवारीमा बस्ने तरिका
कूटनीतिक सेवामा रहँदा कयौंपटक यस्तो मौका आउाछ, जहाँ आफूभन्दा निकै माथिल्लो ओहोदाको व्यक्तिसँग औपचारिक रुपमा कारमा बस्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आफू बायाँ बसी उच्च अधिकारीलाई दायाँ राख्नुपर्छ । उच्च अधिकारी कारभित्र पस्ने बेलामा तथा गन्तव्य स्थानमा पुगेपछि बाहिर आउने बेलामा चालकले ढोका खोलिदिनुपर्छ । कतिपय समारोह वा कार्यक्रम हुने स्थानमा ढोका खोल्न अलग्गै व्यक्तिहरु खटिएका हुन्छन् । कारको ढोका खोलिदिनु भनेको उच्च अधिकारीको मानसम्मान गर्नु र उनीहरुप्रति शिष्टता देखाउनु हो ।
खाना सजाउने तरिका
नेपाली खानामा भुजा, दाल, तरकारी, मासु तथा अचार हुन्छन् । फ्रान्सेली भनुअनुसार सुरुमा अपेटाइजर र त्यसपछि मेन कोर्स आउँछ । पाहुनालाई पस्कने राखा क्रमै अनुसार मिलाएर राख्नुपर्दछ । नेपाली खानाको हकमा भातपछि दाल, तरकारीहरु र पछि चिकेन, मटन वा अचेल बंगुरको मासुको परिकार पनि राख्ने चलन सुरु भएको छ ।
पूर्वराजदूत मोहन कृष्ण श्रेष्ठको ‘कुटनीतिमा तीन दशक’ नामक पुस्तकबाट लिइएको केही अंश