मकाउमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । विगत ७ वर्षदेखि मकाउमा कार्यरत पर्वत घर भई हाल काठमाडौंमा बसोबास गर्ने खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा शनिबारका दिन (२१ जुन) मृत्यु भएको हो ।
बिहाँन ड्युटी जाने क्रममा क्सासिनोमा खाजा खाएका उनी लामो समय नआउँदा सिसि क्यामेरामा रहेको उनको गतिबिधि हेर्दा ट्वाइलेटमा गएको र ट्वाइलेट बन्द रहेको तथा ट्वाइलेट खोलेर हेर्दा उनी बेहोस अवस्थामा फेला परेका थिए । ।उनलाई उपचारका लागि तत्कालै त्यहाँको सरकारी अस्पताल सान्तेनमा पुर्याइए पनि १० बजे उनलाई अस्पतालले मृत घोषित गरेको पनि मकाउबाट अन्तराष्ट्रिय नेपाल समाज मकाउका संयोजक प्रजुन कुमार अधिकारीले बताएका छन् । तिमल्सीनाको परिवारमा श्रीमती र दुई छोरा रहेको बताइएको छ ।
तिमल्सिनाको अचानक भएको मृत्युले मकाउमा कार्यरत सबै नेपाली दुखित भएको भन्दै अधिकारीले तिमल्सिनाको शब नेपाल पठाउनका सबै नेपाली मिलेर सरकारी पहल गर्नुपर्ने बताए ।
‘यसअघि पनि ३–४ जना नेपालीको शब पठाउन पाएनौं, तर यसपटक भने सबै नेपालीले पहल गर्नुपर्छ शब नेपाल पठाउनुका लागि ।’ उनले भने ।
नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मकाउ पुगेको र मकाउको सरकारको कानुनी स्वीकृतिमा काम गर्दा पनि यसअघि मृत्यु भएका नेपाली दाजुभाइको शब नेपाल लैजान नसकिएको भन्दै उनले दुःख व्यक्त गरे ।
वि.सं.२०७५ साउन ५ शनिवार १५:४० मा प्रकाशित