back

किराँत याक्थुङ चुम्लुङ जर्मनीको सांगितीक साँझ सम्पन्न

वि.सं.२०७५ साउन ५ शनिवार

258 

shares

किराँत याक्थुङ चुम्लुङ जर्मनीले १४ जुलाईका दिन हाम्बर्गमा नेपाली सांगितीक साँझ सम्पन्न गरेको छ ।
गायिका श्रेयसी चेम्जोङ लिम्बु र नेपाली हास्य कलाकार यासेली योङहाङको विशेष उपस्थिथिमा नेपाली सांगीतिक साँझ सम्पन्न गरिएको हो ।
सो कार्यक्रममा गायिका चेम्जोङले एक दर्जन भन्दा बढि गीत गाएकी थिइन् भने अर्का हाँस्य कलाकार यासेली योङहाङको हास्य प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएको थियो । साथै संघका सचिव रुद्र सुब्बाको मिठो बाँसुरीको तालले कार्यक्रममा थप रौनक बढाएको थियो ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान युरोप उपसंयोजक दावा गेल्जे शेर्पाको प्रमुख आतिथ्यता, किरात याक्थुङ चुम्लुङ जर्मनीका अध्यक्ष हिमाल सुब्बाको सभापतित्व, प्रेम पोमुको संञ्चालन रहेको सांगीतिक कार्यक्रममा संस्थाका सचिव बिक्रम पयाङगुले स्वागत मन्तब्य राखेका थिए ।


त्यस्तै नेपालीहरुका विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई अतिथिको रुपमा आसन ग्रहण गराएर संघका सदस्य रुपा सुब्बा लिम्बुद्वारा खादा ओडाएर स्वागत गरिएको थियो भने कार्यक्रममा आयोजक कमिटीबाट एल.बि चेम्जोङ सुब्बा, प्रेम पोमु, सन्चमान साबा, रुपा लिम्बु, राज लिम्बु पुनम लिम्बु,सृजना लिम्बु र भावना लिम्बुले स्वयम सेवकको भूमिका निर्वाह गरेका थिए ।


चुम्लुङको निमन्त्रणलाई स्वीकारेर संघको उत्तरोत्तर प्रगतिको कामना सहित कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूण महानुभावमा चुम्लुङले हृदयदेखि नै धन्यवाद व्यक्त गरेको छ ।


सो सांगीतिक कार्यक्रमलाई सफल बनाउन उपस्थित महानुभावहरु तथा विभिन्न संघसंस्थाहरुले स्पोन्सर गरि आयोजक संस्थालाई थप सहयोग पु¥याएको बताइएको छ ।

सहयोग पुर्याउनु हुने दाताहरु 
1, Asia Quick Eimsbüttel – Nenad Martinovic 100 Euro
2, Asia Quick – Shiva Shrestha (Raju) – 100 Euro
3, Littel Buddha – Maya Chettri – 50 Euro
4, Santosh Lama – Echt Asia – 150 Euro
5, Narayan Prasad Shrestha – Mezu Restaurant, – 100 Euro
6, Tejendra Gauchan – 51 Euro
7, Dipu Gurung – Sushi & Thai Restaurant – 100 Euro
किरात याक्थुंग चुम्लुङ्ग जर्मनी परिवारबाट सहयोग गर्नुहुने महानुभावहरु 
१, एल. बि. चेम्जोङ सुब्बा – १०० युरो
२, प्रेम पोमु – १०० युरो
३, सञ्चमान जबेगु – १०० युरो
४, हरेन्द्र वनेम – १०० युरो
५, कुमार सुब्बा – १०० युरो
६, प्रेम सिंग गुरुङ – ५० युरो
७, तेजमान लिम्बु – १०० युरो
८, चन्द्र मान मेन्याङ्ग्बो – १०० युरो
९, यादब सुब्बा – १०० युरो
१०, रुद्र काम्वाङ्ग सुब्बा – १०० युरो
११, शेरबहादुर तुम्बापो – १०० युरो
१२, हिमाल सुब्बा – १०० युरो
१३,बिक्रम पयाङ्गु – १०० युरो
१४, सेकराज सुनुवार – १०० युरो
१५, ज्ञानु सिलवाल – २० युरो
१६, डोनाल साम्ब्यु लिम्बु – १० युरो

वि.सं.२०७५ साउन ५ शनिवार १६:२२ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...