back

गजल ७५

वि.सं.२०७५ साउन ८ मंगलवार

180 

shares
RBB AD
NTC AD
 

यही हँसिया, हथौडाले मेरो भाग्य खिचेको हुन्सक्छ
आरनमा मैले मेरै रगतको इन्धन सिँचेको हुनसक्छ

यिन्का आन्द्रा भुँडी निकालेर सुनपानी छर्कनुपर्ला
तिम्रा हरेक अङ्गमा मेरै पसिना भिजेको हुनसक्छ

चिनी देखाई गुण चटाउने कत्ती खेल खेल्छौ अब
तिम्ले खाने बजेटमा मेरै रगत मिचेको हुनसक्छ

मागी खान्छौ भोट अनि जातको नाममा होस गर !
तिमी आफैं काटिने लक्ष्मणरेखा खिचेको हुनसक्छ

मेरै कुकुर मैलाई भुक्ने कस्तो चाला गर्दै छौ तिमी
नउड आकाश मेरै पाउले पुच्छर थिचेको हुनसक्छ ।

इति

वि.सं.२०७५ साउन ८ मंगलवार ०९:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...