back

ओलम्पिकका लागि यस्तो छ महिला फूटबल छनोट तालिका

वि.सं.२०७५ साउन १९ शनिवार

297 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ, १९ साउन । सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका आज सार्वजनिक गरिएको छ ।

पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो । पहिलो चरणको छनोटमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालसँगै भारत, बंगलादेश र म्यानमार पनि समूह ‘सी’ मा रहेका छन् । नेपालले पहिलो खेल भारतसँग आगामी ८ नोभेम्बरमा खेल्नेछ । यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ । खेलस्थान भने टुंगो लागेको छैन ।

एसियाको पहिलो चरणको छनोटमा नेपालसहित १८ देशले भाग लिएका छन् । उक्त खेलमा अठार देशलाई चार समूहमा विभाजन गरिएको छ । जहाँबाट समूह विजेता र उपविजेता गरी आठ र उत्कृष्ट हुने दुई गरी १२ टोली दोस्रो चरणमा पुग्नेछन् ।

यसअघि नै भियतनाम र उज्वेकिस्तान सिधै दोस्रो चरणमा पुगिसकेका छन् । बाह्र टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । समूह विजेता तीन टोली तेस्रो चरणमा पुग्नेछन् ।

तेस्रो चरण पुगेका तीन टोली र सिधै तेस्रो चरण पुगेका पाँच टोली अस्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्याण्ड गरी आठ टोलीको दुई समूहमा प्रतिस्पर्धा हुनेछ । उक्त चरणबाट समूह विजेता र उपविजेता गरी चार टोली अन्तिम चरणमा पुग्नेछन् ।

अन्तिम चरणमा चार टोलीबीच ‘होम एन्ड अवे’ का आधारमा प्रतिस्पर्धा हुनेछ र उत्कृष्ट दुई टोली टोकियो ओलम्पिकमा छनोट हुनेछन् ।

ओलम्पिकको महिला फूटबलमा एसियाबाट तीन वटा कोटा छ । जापान आयोजकको हैसियतमा छनोट भइसकेकाले बाँकी दुई स्थानको छनोट प्रतियोगिताबाट हुन लागेको हो । ओलम्पिकको महिला फूटबलमा विश्वभरबाट छनोट भएका १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

वि.सं.२०७५ साउन १९ शनिवार २०:१० मा प्रकाशित

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । महिला टी-ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ...

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका...

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

सुन्दरहरैँचा । विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि...

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

फाप्ला (कैलाली) । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा...

ट्वान्टी-२० शृङ्खला : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

ट्वान्टी-२० शृङ्खला : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाको आफ्नो पाँचौं...