back

राजधानीमा ‘प्रेम वर्षा’ को लाकार्पण

वि.सं.२०७५ साउन २० आइतवार

297 

shares
GLOBAL IME AD
NTC AD


मदनकृष्ण सिलवाल
२० साउन, काठमाडौँ । प्रवासमा रहेर पनि साहित्यमा समर्पित काभ्रेली चेली देवकुमारी गौतमद्वारा लिखित उपन्यास प्रेमवर्षा’को शनिबार राजधानीमा लोकार्पण गरिएको छ । विशेष कारणले लेखिका उपस्थित हुन नसकेपनि उनकी आमा हिरादेवी गौतमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सो उपन्यासको वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ कथाकार माया ठकुरी, साहित्यका डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, डा. गार्गी शर्मा, अन्तर्राष्ट्रिय साहित्यक समाजका नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार देवकुमारी गौतमकी आमा हिरादेवी गौतम, सहयात्री दर्पण नेपालका अध्यक्ष गोविन्द कँडेल आँसुले सामूहिक रुपमा लोकार्पण गरेका थिए ।

राजधानीको होटल हार्दिकमा सहयात्री दर्पण नेपालद्वारा आयोजित कार्यक्रममा उन्यासका बारेमा पुरु लम्सालले समीक्षात्मक टिप्पणी गरेका थिए । नाट्यकर्मी पुरु लम्साल उपन्यसाका बारेमा भन्छन्–‘ हरेक सम्बन्धलाई बाँध्ने काम मायाले गर्छ, प्रेमले गर्छ । माया प्रेम नहुँदो हो त संसार कस्तो हुन्थ्यो होला ? कल्पना गरौँ त ! मायाको परिभाषा फरकफरक होला, मायाको प्रकार भिन्नाभिन्नै होला, तर अनुभूति फरक हुनै सक्दैन । यो संसार मायाले अडेको छ । माया, प्रेम र अपनत्व बाँड्न सक्यौँ भने जिन्दगीले सार्थकता पाउँछ । दुःखसुख जिन्दगीका दुई पाटा हुन् । दिन पछि रात र फेरि दिन भए जस्तै जिन्दगी हो दुःखसुख भोग्नै पर्छ । जीवनका उराठ लाग्दा यामहरु पनि मायाले मनमोहक बनाउन सकिने रहेछ, जुनकुरा उपन्यासमार्फत पोखिएका छ प्रेमवर्षा भनेर ।”

सो अवसरमा स्वागत मन्तव्य सहयात्री दर्पण नेपालका सचिव अम्बिका अधिकारी स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन सिर्जना पौडेलले गरेका थिए । यसैगरी वरिष्ठ कटाकार माया ठकुरी, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, राधेश्याम लेकालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा तीन व्यक्तित्वहरु सम्मानीत भएका छन् । सम्मानीत हुनेहरुमा साहित्यिक पत्रकार दीपक सापकोटा, साहित्यकार दुर्गा काफ्ले र हिरादेवी गौतम रहेका छन् । त्यस्तै, सहयात्री दर्पण नेपाल संस्थाका आजीवन सदस्य बन्नुहुने नयाँ सदस्यहरुलाई समेत सदस्यता प्रमाणपत्र प्रदान गरी सम्मान प्रकट गरिएको थियो ।

सहयात्री दर्पण नेपालले साहित्यिक मनहरुलाई प्रकाशन र प्रसारण गर्ने कार्यमा साँघुको कार्य गर्ने उद्देश्यका साथ केही महिना अघि मात्रै स्थापना गरिएको र अहिले ३५ जनाभन्दा बढी आजीवन सदस्य बनिसकेका संस्थाका अध्यक्ष गोविन्द कँडेल आँसुले बताए ।
फोटो ः समीर खड्का

वि.सं.२०७५ साउन २० आइतवार ०७:४२ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...