back

राजधानीमा ‘प्रेम वर्षा’ को लाकार्पण

वि.सं.२०७५ साउन २० आइतवार

534 

shares


मदनकृष्ण सिलवाल
२० साउन, काठमाडौँ । प्रवासमा रहेर पनि साहित्यमा समर्पित काभ्रेली चेली देवकुमारी गौतमद्वारा लिखित उपन्यास प्रेमवर्षा’को शनिबार राजधानीमा लोकार्पण गरिएको छ । विशेष कारणले लेखिका उपस्थित हुन नसकेपनि उनकी आमा हिरादेवी गौतमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सो उपन्यासको वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ कथाकार माया ठकुरी, साहित्यका डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, डा. गार्गी शर्मा, अन्तर्राष्ट्रिय साहित्यक समाजका नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार देवकुमारी गौतमकी आमा हिरादेवी गौतम, सहयात्री दर्पण नेपालका अध्यक्ष गोविन्द कँडेल आँसुले सामूहिक रुपमा लोकार्पण गरेका थिए ।

राजधानीको होटल हार्दिकमा सहयात्री दर्पण नेपालद्वारा आयोजित कार्यक्रममा उन्यासका बारेमा पुरु लम्सालले समीक्षात्मक टिप्पणी गरेका थिए । नाट्यकर्मी पुरु लम्साल उपन्यसाका बारेमा भन्छन्–‘ हरेक सम्बन्धलाई बाँध्ने काम मायाले गर्छ, प्रेमले गर्छ । माया प्रेम नहुँदो हो त संसार कस्तो हुन्थ्यो होला ? कल्पना गरौँ त ! मायाको परिभाषा फरकफरक होला, मायाको प्रकार भिन्नाभिन्नै होला, तर अनुभूति फरक हुनै सक्दैन । यो संसार मायाले अडेको छ । माया, प्रेम र अपनत्व बाँड्न सक्यौँ भने जिन्दगीले सार्थकता पाउँछ । दुःखसुख जिन्दगीका दुई पाटा हुन् । दिन पछि रात र फेरि दिन भए जस्तै जिन्दगी हो दुःखसुख भोग्नै पर्छ । जीवनका उराठ लाग्दा यामहरु पनि मायाले मनमोहक बनाउन सकिने रहेछ, जुनकुरा उपन्यासमार्फत पोखिएका छ प्रेमवर्षा भनेर ।”

सो अवसरमा स्वागत मन्तव्य सहयात्री दर्पण नेपालका सचिव अम्बिका अधिकारी स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन सिर्जना पौडेलले गरेका थिए । यसैगरी वरिष्ठ कटाकार माया ठकुरी, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, राधेश्याम लेकालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा तीन व्यक्तित्वहरु सम्मानीत भएका छन् । सम्मानीत हुनेहरुमा साहित्यिक पत्रकार दीपक सापकोटा, साहित्यकार दुर्गा काफ्ले र हिरादेवी गौतम रहेका छन् । त्यस्तै, सहयात्री दर्पण नेपाल संस्थाका आजीवन सदस्य बन्नुहुने नयाँ सदस्यहरुलाई समेत सदस्यता प्रमाणपत्र प्रदान गरी सम्मान प्रकट गरिएको थियो ।

सहयात्री दर्पण नेपालले साहित्यिक मनहरुलाई प्रकाशन र प्रसारण गर्ने कार्यमा साँघुको कार्य गर्ने उद्देश्यका साथ केही महिना अघि मात्रै स्थापना गरिएको र अहिले ३५ जनाभन्दा बढी आजीवन सदस्य बनिसकेका संस्थाका अध्यक्ष गोविन्द कँडेल आँसुले बताए ।
फोटो ः समीर खड्का

वि.सं.२०७५ साउन २० आइतवार ०७:४२ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा...

सुरक्षा समितिकाद्वारा मतस्थानस्थल अनुगमन

सुरक्षा समितिकाद्वारा मतस्थानस्थल अनुगमन

चितवन । जिल्लाका मतदानस्थललाई निर्वाचनका दृष्टिकोणले तीन भागमा विभाजन गरिएको...

प्रतिनिधिसभा निर्वाचन : दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता

प्रतिनिधिसभा निर्वाचन : दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीवटै निर्वाचन...

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...